कञ्चनपुर–कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लाफाटा नगरपालिका–८ पिल्लरीकि अन्दाजी ५ वर्षीया रितु धामी रहेकी छन् ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको र उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दिनेश खबरबाट साभार