
बाजुरा– सदरमुकाम मार्तडीका ५ जना ब्यापारीलाई जारी गरिएको मुल्य भन्दा बढि मुल्यमा खाने तेल बिक्री गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले कार्बाही गरेको छ । स्थानिय बासीहरुले जिल्ला प्रशासन कार्यालय बाजुरामा मुल्य बढि लिएको भन्दै उजुरी दिए पछि सदरमुकाम मार्तडीका ५ जना ब्यापारीहरूलाइ कार्बाही गरी तारिखमा छुटाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
यस भन्दा पछाडी सामानको तोकिएको भन्दा बढि मुल्य नलिने र यस्ता गल्ती नदोहोर्याउने सत्रमा उनिहरूलाई उद्योग बाणिज्य संघ बाजुराको रोहबरमा तारेखमा छोडिएको जनाएको छ । त्यसै गरी बजारमा कृतिम अभाव हुन नदिन उद्योग बाणिज्य संघसंग छलपल गरिएको जनाएको छ ।