बाजुरा- त्रिवेणी नगरपालिका बडा नम्बर ४ मा नव निर्मित पार्टी कार्यालेकाे बुधबार एक कार्यक्रमका साथ उद्घाटन गरिएकाे छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिँह रावलले रिवन काटेर भवनकाे उद्घाटन गरेका हुन । नव निर्मित पार्टी कार्यालयकाे उद्घाटन सँगै चियापान कार्यक्रम पनि सम्पन्न भएको छ । नव निर्मित पार्टी कार्यालयकाे उद्घाटन तथा चियापान कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति राम सिँह रावल रहनु भएकाे थियाे । प्रमुख अतिथिले रिवन काटेर भवनकाे उद्घाटन गरेका थिए ।कार्यक्रममा काँग्रेस नेता पार्टी सभापतिका उम्मेदवार चक्र शाह, नेपाली काँग्रेसका उपसभापति पदम बडुवाल, सचीव तिलक पुरी,भरत रोकाया, महाधिवेशन प्रतिनिधि कर्ण बहादुर थापा, राधिका सुनार लगायत नेताहरु विशिष्ट अतिथी रहनु भएकाे थियाे । त्यस्तै प्रदेश सचिव दिल बहादुर थापा, नेपाली काँग्रेस बडिमालिकाका नगरस भापति गोपाल कार्की, त्रिबेणिका सभापति सुरेन्द्र राज गिरी, ने.बि. संघ. केन्द्रिय सदस्य बीरेन्द्र गिरी, महिला संघ अध्यक्ष अमृता सिंह , तरुण दल सचिव हिरेन्द्र रोकाया,युवा नेता मीन भण्डारी लगायत जिल्ला कार्य समितिका सदस्यहरुकाे उल्लेख्य उपस्थिति रहेकाे युवा नेता भरत बुढाले लाेकतन्त्र विहानी न्यूजलाई जानकारी दिए । कार्यक्रममा नेकपा एमालेकाे गतिविधिलाई मन नपराएर एमाले परित्याग गरी त्रिबेणी नगरपालिका -४ का जहरी साउद, गणेश साउद,भान बहादुर साउद,शितल साउद, उर्मिला सार्की लगायत ९ घरपरिवारका ३० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा बाेल्ने सबै बक्ता हरुले पार्टीलाई सहमति, एकता, सहकार्यबाट बलियो बनाउन लाग्नु पर्ने कुरामा जाेड दिएका थिए। अबको निर्वाचनमा सबै पालिका जित्ने गरी सबै नेता कार्यकर्ता लाग्ने प्रतिबद्धता गरेका छ्न।