बाजुरा–सुदुरको बिकट अनि दर्गम जिल्लाका रुपमा बाजुरा जिल्लालाई लिने गरिन्छ । बाजुरा जिल्लामा केही यस्ता बिकट अनि दुर्गम वस्तिहरु छन् जहाँ हाल सम्म पनि अधिकांस मानिसहरुकाे शैक्षिक र चेतना स्तर न्युन रहेको छ । अधिकांस मानिसहरु अशिक्षित व्यरोजगारी र गरिविका कारण यहाँका मानिसहरको जिवनसैलि परमपरागत नै रहेको पाइन्छ । अहिले एक्काइसौ सताव्दि चलिरहदा पनि यहाँका अधिकांस मानिसहरुको चेतनामा बिकास त्यति भएको पाइदैन ।यहाँका अधिकांस मानिसहरु अशिक्षित नै छन् । यहि अशिक्षा र जनचेतनाकै अभावकका कारण यहाँ थुप्र प्रकारका कुसस्कारहरु समाजमा ज्वराे गारेर बसिरहेका छन । जस अन्तरगत छाउपडी पर्था, छुवाछुट, बालविवाह, लैङ्गिक बिभेद लगायतका कुसस्कारहरू प्रमुख सामाजिक समसयाका रुपमा रहेका छन ।
जसको कारणले गर्दा यहाँ थुप्रै प्रकारका दिर्गकालिन समसयाहरु अझ प्रशस्त रहेका छन । बाजुरा जिल्लाका ९ वटा स्थानिय तहहरु मध्यको दर्गम अनि पिछडिएको पालिकाका रुपमा खप्तड छेडेदह गाँउपालिकालाई लिने गरेको छ ।
जहाँ बिकासका पुर्वाधारहरु प्रयाप्त मात्रामा छैनन । सोही गाँउपालिकामा पछिल्लो समयमा बाल विवाहको दर जिल्लाका अन्य पालिकाको तुलनामा उच्च रहेको थियो । अन्य पालिकाको तुलनामा उक्त पालिकामा बाल विवाहको दर उच्च रहेका कारण पालिकामा उच्च दरमा रहेको विवाह न्युनिकरण गर्नका प्रत्यक वडामा गठित बाल क्लवहरु र पालिका स्तरिय बाल क्लवहरुले बाल विवाह न्युनिकरणको अभियान सुरु गरेको थियो । बाल क्लवहरुले सुरु गरेको अभियानमा अन्य सरोकारवाला निकायहरुको पनि साथ रहेको थियो । उक्त अभियानले पछिल्लो समयमा गाँउपालिकामा बाल विवाहको दर केही घटेको पाइएको छ ।
निरन्तर रुपमा पालिकामा उच्च दरमा रहेको वालविवाह न्युनिकरण गर्नका लागि अभियानमा लागेका बाल क्लवका पधातिकारीहरु गाँउपालिकामा विवाहको दर केही कम गर्न सफल भएतापनि आफुले सोचेजस्तो प्रतिफल नपाउदा असन्टुष्ट व्यक्त गर्दै आइरहेका छन् । निरन्तर लामो प्रयास र पहल गर्दा पनि पालिकामा बालविवाह गर्न भने छोडेका छैनन् । बालविवाह हुनुका धेरै कारणहरु छन् । तर यहि कारणले बालविवाह हुन्छ भनेर एकिन भन्न सकिन्न । बिगतका दिनहरुमा अशिक्षा, जनचेतनाको अभाव, गरिवी व्यरोजगारी र गरिविका कारणले बालविवाह हुन्छ भनेर भन्ने गरिन्थ्यो । त्यसै गरि कतिपय घटनाहरु त यस्ता पनि सुनिन्थे ।कपिपय घटनाहरु केटाकेटीको मन्जुरी विनानै बुवा आमाले बिहे गराई दिने चलन थियो ।
अझ वा्रमणहरुको त महिनारी नहुदै विवाह गरिदिनुपर्छ भन्ने अपचलन थियो । तर पछिल्लो समयमा अधिकांस मानिसहरु शिक्षित बनिसकेका छन । मानिसहरुको चेतना स्तरमा पनि क्रमिक रुपले बिकास हुदै गएको छ । मानिसहरु शिक्षित र चेतनाको बिकास भइसक्दा पनि सामाजिक कुपर्थाहरु समाजबाट हत्नुको कारण झन चुलिदै गएका छन । तर अहिलेका समयमा यि कारणहरुले बालविवाह हुन्छ भनेर भन्न सकिने अवस्था छैन । कसैको मन्जुरी बिना आमा बुवाले विहे गरिदिएका घटनाहरु पनि सुन्नमा आएका छैनन् । पछिल्लो समयमा प्राय धेरै जसो किशोरीहरुले बालविवाह गरेका पाइन्छ । धेरै जसो किशोरीहरु नै बालविवाह किन गर्छन त भन्ने कुरा जिज्ञासाको बिषय बनेको छ । यो बिषयको कारण खोज्न सोही गाँउपालिकाको वडा जन. ५ वडा स्तरिय बाल क्लवकी अध्यक्ष जुना बुढालाई सोध्दा बालविवाह हुनुको प्रमुख कारण एउटा लैङ्गिक बिभेद पनि रहेको बताएकी छन् । बुढा अहिले स्वही पालिकाको वडा न. ५ मा अवस्थित श्रि मष्टेश्वरी मा.वि मा कक्षा १२ मा अध्यनरत छन ।
उनि बिगत चार वर्ष यता निरन्तर रुपमा बाल क्लवहरमा आवद्ध भएर नेतृत्व गर्दै आइरेकी छिन । बुढा पालिका रतरिय बाल सञ्जाल समितिको सह–सचिव समेत रहेकी छन् । उनि आफ्नो पालिकामा अधिकांस मानिसहरु अझै अशिक्षित र जनचेतनाको अभाव रहेको बताउन्छिन । अधिकांस मानिसहरु अशिक्षित भएकै कारण छोराछोरी विच गरिने बिभेद अझै पनि कायमै रहेको उनको भनाई छ । बुढाले भनिन् यहि कारणले मात्र बालविवाह हुन्छ भन्ने त छैन तर धेरै जसो किशोरीले बाल विवाह गर्न कुनै रहर नभई बाध्यता रहेको उनको बिचार छ । उनि भन्छिन हुन त अहिले पनि हामो् समाजमा लैङ्गिक बिभेद कायमै छ भन्दा यो अनौठोे बिषय पनि वन्न सक्छ । यो लाग्नु पनि स्वभाविक हो । किनकि अहिले धेरै जसोले छोराछोरी दुवैलाई बिद्यालय पढाउने गरेको छ । भने त्यसलाई नै लैङ्गिक समानता भनेर बझ्ने गरेका छन् । यसो हेर्दा त समान व्यवार गरेको देखिन्छ । तर आन्तरिक रुपमा बिभेद भने गर्ने गरेकै छन् ।
म हामो्र समाजमा लैङ्गिक बिभेद छदै छैन भनेर भन्न मेरो मनले मान्दैन किनकि यहाँ छोरिमान्छेले जन्मेको दिनदेखि नै बिभेद खेप्दै आइरहनु परेको.छ । एउटा परिवारमा छोरा मान्छे जन्मिदा उसका लागि लाखौँ खर्च गरेर छैँटौ राति भन्दै खुसियाली मनाउने तर त्यहि परिवारमा छोरी जन्मिदा छारीको छैटौँ राति गर्न हुदैन भन्ने पिर्तिसतात्मक सोच बिचार भएको पुरुष प्रदान समाजको यो एउटा उदारण हो । अझ भन्ने हो भने यहि पिर्तिसतात्मक सोच बिचारका कारण छोरी मान्छेलाई जन्मिन पाउने समेत अधिकार दिएको छैन । पछिल्लो समयमा भुर्णको लिङ्ग पहिचान गरि गभ्रधारण गराउने गरेका घटनाहरु पनि सुनिने गरेका छन । छोरा भएपछी जन्म लिन पाउने र छोरी भएपछी जन्मिने अधिकार समेत नपाउने पिर्तिसतात्मक सोच भएको समाजको यो पनि अर्को एक उद्धारण हो ।उनले भनिन् म छोरा मान्छेले मात्र पढ्नुपर्छ छोरीले बिद्यालय जानुहुदैन, छोरी मान्छेको काम चुलो चौकोमा काम गर्ने हो, छोरालाई बिद्यालय पढायो भने भविष्यमा केहि न केहि जागिर गर्छ र बुदेशकालमा सुखका साथ पाल्छ तर छोरी मान्छे पराई घर जान्छन अर्काको घर जानेहरलाई पनि के पढाउनु भन्ने तुच्छ मानसिकता बोकेको समाजमा हर्केकी हु । पहिलाको तुलनामा अहिले हुनत धेरै कुराहरु सुधार भइसकेका छ । कहिलेकाँहि हाम्राे बुवा आमाहरले भन्ने गर्नुहुन्छ तिमिहरूको उमेरमा हुदा हामिले गोठालो जाने र गाइभैसिहरु संग जिवन बिताएका थियौ हाम्रा लागि त कालो अक्षर भैसि बरावर नै हो ।
त्यति वेलाको समयमा बिद्यालय जानुपर्छ भन्ने बिचार कसैमा थिएन । बिद्यालय पढ्न धेरै टाढा जानुपर्ने हुन्थ्यो ।तर कोहि कोहि मात्र पढ्ने गर्थे । छोरीहरुलाई त बिद्यालय पठाउने चलनै थिएन भनेको सुन्दा एक चोटी त्यो अवसथालाइृ कल्पना गर्ने हो भने हामि त धैरै बिकसित समाजमा छौ कि भन्ने लाग्छ । समय परिवर्तन संगसंगै आवश्यकताहर पनि परिवर्त हुने गर्दछन । अहिलेको आधुनिक युगमा समयको मग अनुसार अझै हामी निकै पछाडी छौ भन्ने महसुस हुन्छ ।
उनले भनिन अहिले हुन त छोराछोरी दुवैलाई बिद्यालय पढाउने गरेका छन् । तर बिद्यालय पढाएपनि छोराछोरी बिच बिभेद गरेको पाइन्छ । हामि छोरीमान्छेलाई बिद्यालय जाने बेला बुवा आमाले भन्नुहुन्छ त बिदा भइसकेपछि सरासर घर फर्केर घाँस काट्न जानु भनेर बिहान नै भन्छन् । तर छोरामान्छेलाई घर आएर सरासर पढ्न बसनु भन्छन् । हामी दिनभर बिद्यालयमा पढ्छौ तर दिमाकमा बिदा भएपछी घर गएर घाँस काट्नुछ भन्ने कुरा खेलिरहन्छ । बिदा भएपछी घर पुग्ने बित्तिकै हतार–हतार घाँस काट्न जानैपर्ने हुन्छ । नजाउँ भनेपछी बेलुका गाली सुन्नुपर्ने हुन्छ । यो पनि अर्को बिभेदको उद्धारण हो । बुढाका अनुसार किशोरीहरले खुला रुपमा बिभेद सहनु परेको नभएतापनि आन्तरिक रुपमा बिभेद सहदै आइरहेको पाइएको छ ।
उनि भन्छिन एउटै परिवारमा जन्मेको दाजु अथवा भाइलाई सहरको राम्रो बिद्यालयमा पढाउने र त्यहि परिवारको दिदि बहिनीहरु चाहाना हुदा पनि गाँउकै सरकारी बिद्यालयमा पढ्न बाध्य गराउनु पनि अर्को बिभेदको प्रकार नै हो । आफुले चाहेको बिद्यालय अथवा बिषय पढ्न नपाउदा उनिहरमा बिसतारै मानसिक तनावहर सिर्जना हुने र बिसतारै पढाई प्रतिको रुचि घटेदै जाने उनले बताइन् । हुन त म र मेरो भाई एउटी आमाको कोखबाट जन्मेका हौ तर पनि बुवा आमाले आफुलाई कतै सौतेनी व्यवाहार गरेको त होइन भन्ने खालका अनेकौ प्रश्नहरु मनमा खेलाउन्छन । यहि कारणले किशोरीहरु अन्ततः पढाई छोडने मनसतितिमा पुग्छन । र यसरी बिभेद सहेर बस्नुभन्दा बरु बिहे गर्दा पनि हुन्छ भन्ने मनस्तिति बनाएर बिहे गर्न बाध्य हन्छन । त्यसकारण किशोरीहरुले खुला रुपमा भन्न नसकेतापनि छोराछोरी बिच आफ्नै बुवा आमाबाट गरिने भेदभावका कारण नचाहादा नचाहादै पनि आफ्नो भविष्यलाई अन्धकारको मार्ग, तर्फ दोर्याउन बाध्य हुन्छन । यो मैले काँहि कतैबाट खोजि ल्याएकी हैन सबै कुराहरु हाम्रै समाजको वरिपरि घटेका बास्तविक घटनाहरुलाई मनन गरेर भनेकी हौ उनले भनिन् । यि सबै बिभेदहरु आफु जस्तै धेरै किशोरीहरले भोगेकाे बास्तविक जिवन कथामा अधारित रहेको बुढा बताउन्छिन् ।
हामिले यो बिषयमा सोही गाँउपालिकाको वडा न. ७ दशरथ मा.वि मा अध्यापन गराउदै आएका शिक्षक प्रेम बहादुर ओलीलाई सोध्दा पछिल्लो समयमा लैङ्गिक बिभेदकै कारण बालविवाह भएको हो भन्ने घटना अहिले सम्म सुन्नमा नआएको बताए । लैङ्गिक बिभेदकै कारण बालविवाह हुदै हुदैन भन्न खोजेको त होइन तर यो कारणले पनि भएका छन । अहिले यस्ता घटनाहरु धेरै कम भइसकेका छन । उनका अनुसार यहाँका अधिकांस मानिसहरुमा अशिक्षा र चेतनाकै अभावका कारण कतिपयले बिद्यालय पढाउने गरेको भएता पनि बिद्यालय पढाउने कुरामा पनि असमानता देखिन्छ ।एउटै परिवारमा चार वटा छोरीहरु छन भने ति सवै छोरीहरलाई सरकारी विधलय पढाउने गरेका छन तर त्यही परिवारमा एउटा मात्र छोरा छ भने त्सलाई सकिनसकि बोडिङ पढाउने गरेको यँहा धरै पाइन्छ । ंबिशेष गरेर १० कक्षा पढुन्जेलसम्म एउटै बिद्यालय पढाउने गरेको भएतापनि एसइइ पास भएपछी केटा छोराहरुलाई ऋण निकालेर भएपनि सहरका रामो्र बिद्यालयमा पढ्न पठाउने गरेका छन् । छोरिहरुलाई नजिकैको बिद्यालयमा पढाउने गर्छन । भोलि अर्काको घर जाने हो माइती घर हुदासम्म घरको काम गर्न सघाउन्छ भन्ने मानसिक्ता राखेर निजकैकाे बिद्यालय पढाउने गरेकाे उनले बताए ।
यहि बिभेदका कारण बिद्यालयमा कक्षा ११/१२ मा अध्यनन् गर्ने छात्र छात्राहरुको संख्यामा धेरै अन्तर देखिने गरेको उनले बताए ।,अर्को कुरा प्राय जसाे ७/८ बर्षको उमेरपछी नै बिद्यालय पठाउने चलन छ । तर शिक्षित परिवारको छ भने उ पढाइमा धेरै अगाडी पुगिसकेको हुन्छ । संगैको साथि २÷४ कक्षा अगाडी गइसकेपछी उनिहरु आफैमा लज्जित हुने गर्छन र माध्यामिक तह एसईई दिने बित्तिकै बिहे गरेर गइहाल्छन । कतिपयले ९/१० कक्षामै पढ्ने क्रममा पनि बिहे गरेका छन । तर ति सवै वाल विवाह नै होइनन् । प्राय जसो १० कक्षा पढ्ने बिद्यार्थीहरु धेरै जसोले उमेर घटाएका हुन्छन । उनिहरुको उमेर पुगिसकेको हुन्छ तर बिद्यालयका आधारमा कम हुने भएकाले बिद्यालयमा भएको उमेरलाई नै आधार मान्ने भएकाले बालविवाहको दर केहि बढेको हो शिक्षक ओलीले भने । बिद्यालयमा अध्यनने गर्ने क्रममै विवाह गरेर जाने भएका कारण यो सम्वन्धि जनचेतनामुलक कायैक्रम बिद्यालयमा पनि विभिन्न समयमा गर्दै आइरेका छौँ । र यस्ता कुसस्कारहरूको अन्त्य गर्नका लागि अहिलेका स्थानिय सरकारहरको पनि ध्यान जान जरुरी रहेको ओलीले भनाई रहेको छ ।
यो विषयमा सोही गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतलाई सोध्दा उनले बालविवाह हुनुमा सवैभन्दा ठुलो कमजोरी स्वयम बालबालिकाहरको रहेको बताए । कतिपय बाल विवाह चेतनाको अभाव र छोराछोरी बिच गरिने विभेद र घरायसि समसयाका कारण हुने गरेको भएतापनि पछिल्लो समयमा धेरै जसो वालविवाह हुने गरेको भने अर्काको देखासिकी र सुचना प्रबिधिका साधनहरुको दुरुपयोगका कारण हुने गरेको अध्यक्ष रावतको भनाई रहेको छ । अध्यक्ष रावतका अनुसार बालविवाह हुनुमा ठुलो कमजोरी अभिभावहरुको पनि रहेको देखिएको छ । रावतले भने अहिले प्राय जसो अभिभावकहरु आफ्नै बालबालिकाहर प्रति गैरजिम्मेवार बन्ने गरेका छन् । अभिभावकहरले आफ्ना बालबालिकाहरुलाई विद्यालय पढ्न पठाउनु मात्र हाम्रो दायित्व हो भनेर बुझेका छन,।
आफ्ना बालबालिकाहरुले आफुले गर्न लगाएको काम गरेको छ अथवा गरेको छैन भनेर निग्रानी राख्नु पनि हाम्रो दायित्व हो भन्ने कुरा ध्यानमा राख्नुपर्ने हुन्छ । अभिभावकहरले पनि आफ्ना बालबालिकाहरलाई निग्रानिमा राख्नुपर्ने उनले बताए । लैङ्गिक बिभेदका कारण बालविवाह हुद हुदैन भन्ने त छैन भौगोलिक बिकतता र विकासका पुर्वाधारहरमा निकै पिछडिएको पालिका भएकाले अधिकांस मानिसहरु अशिक्षित र जनचेतनाको अभावका कारण यो समस्या पनि छ । अध्यक्ष रावतलाई तपाइको पालिकामा लैङ्गिक बिभेद कायमै छ जसको कारणले किशोरीहरले बालविवाह गर्ने गरका पाइउको छ। तपाइले सरोकारवाला निकाएको हैसियतले यि कुसस्कारहरुको न्यनिकरणका लागि के कस्ता पहलहरु गर्दे आइराख्नुभएको छ भनेर सोध्दा रावतले यि समसयाहरु सोचेजति सजिलै न्यनिकरण गर्न नसकिने भएकोले यस्ता कुसस्कारको न्यनिकरण गर्नका लागि पालिकाको तर्फबाट निरन्तर पहल गर्दै आइरहेको बताएका छन ।
उनले यो यि कुसस्कारहरु एक जनाको मात्र प्रयासले भन्दा पनि सवैको साझा प्रयासले सहजै न्यनिकरण गर्न सकिने भएको सवैले आफ्–आफ्नो ठाँउबाट पहल गनुपर्नेमा जोड दिनुभएको छ । बिशेष गरेर गाँउपालिका सतरिय बाल सञ्जालले सुरु गरेको बालविवाह न्यनिकरणको अभियानमा पनि आफु पालिकाको तर्फबाट सहयात्री बनेर हिडीरहेको र अन्य कुससकारहरको अन्तय गर्नका लागि सवैको साझा प्रयास भएमा आफु पालिकाको तर्फबाट गर्नुपर्ने कुनै पनि कुरामा काँहि कतै नचुक्ने पछी नहत्ने पतिवद्धता जनाएका छन् ।











