बाजुरा: पत्रकारहरुका लागि जलवायू परिर्वतन बिपत जोखीम ब्यबस्थापन संग सम्बन्धीत तिन दिने क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको छ । तालिकमको दिपायल स्थित होटेल बर्षामा बुधबार देखी शुरु भएको हो । बुधबारबाट शूरु भएको तालिम मंसिर १७ गते समापन हुँने भएको छ ।
बाजुरा र डोटीका गरि २० जना पत्रकारहरुरलाई जलबायू परिर्वतन सम्बन्धी तालिमको आयोजना गरिएकोे हो ।
सामुदायिक उत्थनशिलता सुदृृढिकरण परियोजनाकको आयोजना तथा कारितास नेपाल अष्ट्रेलियाको आर्थिक सहयोगमा सो तालिमको आयोजना गरिएको सामुदायीक बिकाश मंच डोटीले जनाएको छ ।
३ दिन सम्म संचालन हुने तालिमको प्रशिक्षक पत्रकार धबेन्द्र झाँले गर्ने आयोजकले जनाएको छ । तालिममा जिल्लामा हुने बिपत जोखीमका समचारहरुमा पत्रकारहरुको भुमिका कस्तो रहने भन्ने बिषयमा ३ दिन सम्म प्रशिक्षण गरिने प्रशिक्षक धर्बेन्द्र झाले बताएका छन ।
तालिमले आगामी दिनमा प्राकृतिक विपत्तिहरुलाई कम गर्न पत्रकारहरुले के कसरी खोजमुलक सूचना प्रबाह गर्नु पर्छ भन्ने बिषयमा बिशेष जोड दिइएको थियो । बिपत जति खेर पनि आउन सक्ने हुँदा समुदायलाई सजग रहन पत्रकारहरुले उल्लेख्य भुमिका निर्वाह गर्नु पर्ने भएकोले सूचना तथा समाचार संकलन गर्दा बिशेषतः पकोप हुन सक्ने स्थान र क्षेत्रको उचित पहिचान गरी सो संग सम्बन्धित निकायसंगको समन्वय तथा खोज अनुसन्धान गरी सजग रहन बिशेष कलम चलाउनु पर्ने तालिमको मुख्य उद्देश्य रहेको छ ।