काठमाडौं–प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन्। प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामैस्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत गर्नुभएको हो । उनले भन ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं। एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ।’
उहाले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ भन्ने कुरा पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुुुुुुुुुुुुुुुुुुुभयो ।
श्रोत दिनेश खवर