धनगढी–काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले विजयी भएका हुन्।
९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३७९ पुगेको छ ।
बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन ्। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जित सुनिश्चित भएको छ ।
खसेको मत १००३
मतगणना ९०६
सभापति
वीरबहादुर बलायर –६२९
नारायण दत्त मिश्र –२५०
उपसभापति
गोपाल सिंह गुरुङ –२५२
जनकराज चौधरी –५५६
मानबहादुर रावल –२३७
लोकराज अवस्थी –४७५
हिमबहादुर रावल–१०८
महामन्त्री
नरनारायण शाह मनु –५८६
प्रताप गुर्धामी–१९५
मेघराज खड्का –५८३
रामबहादुर शाही –२७५
सहमहामन्त्री
गोपाल दत्त भट्ट–४८२
चिन्तामणि भट्ट –४८४
नरेन्द्र प्रसाद भट्ट–१९४
पदमराज पन्त –२२८
लक्ष्मणबहादुर शाही – १४०
हर्कबहादुर स्वार–६६
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने–६२४
खिना भण्डारी –२००