बाजुराः नेकपा एकीकृत समाजबादी पाटी स्वामिकार्ती गाउँपालिका वडा नम्बर चारको प्रथम वडा अधिवेशन आज सप्पन्न भएको छ । जिल्ला कमिटी सदस्य तथा स्वामिकार्तिक खापर गाउपलिकाका इन्चार्ज रत्नचन्द्र जोशीको अध्यक्षतमा संचालक भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पाटी केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज हिक्मत जङ्ग शाही रहनु भएको थियो । नेकपा एकीकृत समाजबादी पाटी केन्द्रिय सदस्य तथा युबा संघ नेपाल केन्द्रिय अध्यक्ष नरेश शाही बिशेश अतिथि रहनु भएको कार्यक्रममा जिल्ला कमिटी सह सचिब नीर ब शाही , सचिबालय सदस्य तथा अर्थिक बिभाग प्रमुख चिरञ्जीवी शाही , प्रदेश कमिटी सल्लाहकार सदस्य नैन शाही जिल्ला कमिटी सदस्य लाल ब शाही ,धर्म महतरा सुरत ब शाही , शंकर उपाध्याय ,गम्म महतारा , अग्निराज शाही ,कणबिर कठायत, बिकास शाही ,धन बिक ,बाच्य बिक युबा संघ जिल्ला कमिटी सचिब रोशन शाही ,युबराज गिरि लगात अतिथि रहनु भएको थियो । जिल्ला कमिटी सचिबालय सदस्य सतल बिकले संचालन गर्नु भएको कार्यक्रम गाउँ पालिकाको केन्द्र सुई जिउला वाइमा भएको थियो । कार्यक्रममा नेता तथा कार्यकताको बाख्लो उपस्थिति रहेको अधिबेशन बाट वडा कमिटी अध्यक्षमाअनिल कुमार कैला रहने गरि २१ सदस्य वडा कमिटी गठन गरिएको हो । जस्मा उपाध्यक्ष अवकती जोशी, सचिबमा विश्व प्रशाद जैजि सह सचिबमा राम चन्द्र जैजि मनोनीत भएका छ्न।











