
बाजुरा– कोराेनाको महामारीका बेला सबैले सजकता र सुरक्षित बस्नका लागि जारी गरिएको निषेधाज्ञामा मदिरा सेवन गरी हो हल्ला गर्दै नियमको उल्लङघन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम मार्तडीमा रहेको बजारमा मदिरा सेवन गरी हो हल्ला र नियमको उल्लङघन गर्दै आएका चार जनालाई पक्राउ गरी उनीहरुलाई प्रशासनमा जरिवाना तिराए छोडेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
महामारीका बेला पनि घरमै सुरक्षित बस्नुको साटो मदिरा सेवन गरी हो हल्ला गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर जरिवाना तिरेपछि छोडेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।
यस्तै बिहीबार नै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कोभिड–१९ को अवस्था र त्रिवेणी नगरपालिकाले गरिरहेको प्रयासका विषयमा नगर प्रमुख रामसिंह रावलसंग छलफल गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराको सामाजिक संजाल फेसबुका जारी गरिएको एक विज्ञप्तीमा प्रशासनले चार हजार राजस्व संकलन गरेको उल्लेख गरिएको छ । बैशाख २२ गतेबाट लागु भएको निषेधाज्ञा समेत जारी रहेको बताइएको छ ।