धनगढीः नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेशको पहिलो बैठक सोमबार पार्टी कार्यालय धनगढीमा बसेको छ । नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेशका नव निर्वाचित सभापति वीर बहादुर बलायरको अध्यक्षतामा बसेको हो ।
नव निर्वाचित प्रदेश समितिका पदाधिकारीहरुको पहिलो बैठकले शुदुरपश्चिममा नेपाली काँग्रेस बलियो र एकताको संगठन बनाएर लैजाने कुरामा समेत जोड दिएका थिए । एक आपसमा शुभकामना तथा बधाई दिदै आगामी दिनहरुमा नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश सबैलाई समेटेर मिलाएर लैजाने कुरामा अठोटका साथ लाग्ने बैठकले निर्णय गरेको छ ।











