बाजुरा— जिल्लाको बुढीगंगा नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीहरूमा कोरोना पुष्टि भएको छ । बिहिबार एन्टिजेन बिधिबाट गरिएको परिक्षण गर्दा निज कर्मचारीलाइ कोरोना पुष्टि भएको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक हस्त खडायतले जानकारी दिए ।
यसरी संक्रमण हुने कर्मभारीहरुमा नगरपालिकाका कार्यकारी अधिकृत प्रेम काजी मर्हजन, कोभिड १९ अस्थाई अस्पतालमा कार्यरत मेडिकल अधिकृत्त डाक्टर रबि लामिछाने, स्टाफ नर्स बिमला धामी, शिक्षा शाखा प्रा.स डम्बर थापा, इन्जिनियर पारस खाती, शिक्षा शाखा अधिकृत्त जयराज न्यौपाने, वडा नम्वर ९ मा कार्यरत सव–ईन्जिनियर शोभा खर्कवाल र अहेव मीनबहादुर कटुवाल रहेको खडाएतले जानकारी दिए ।
बिहिबार कोरोना भाईरस संक्रमण लक्षणका १३ जना बिरामीहरुलाई परिक्षण गर्दा गर्दा पाँच जनाको कोरोना पोजेटिभ पुष्टि भएका उनले बताए । भयाभह रुप लिएको दोस्रो चरणको भेरिएन्ट सहितको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणको सिलसिलामा संक्रमण भएको पाइएको छ । संक्रमित हुनेहरु सबैकोे स्वास्थ्य अबस्था समान्य रहेको र संक्रमित सबै टाँटे स्वास्थ्य चौकीमा बनाएको आईसोलेसनमा राखेर उपचार भईरहेको उनले बताए ।
बाजुरामा कोरोना भाईरस संक्रमण दिन प्रति दिन बढ्दै जाँदा पछिल्लो २४ घण्टा भित्र बिहिबारको परिक्षणमा ३८ जना कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएकोे छ । हाल सम्म बाजुरामा सक्रिय संक्रमितको संख्या १ सय ४६ रहेका छन भने कोरोना पोजेटिभ एक ५५ वर्षिया महिलाको बुधबार मात्र मृत्यू भएको छ । संक्रमित मध्ये हालसम्म २ जनालाई निको भएर पठाइ सकेका छन ।
105 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs