बाजुरा — जिल्लाको बडिमालिका नगरपालीकाका नगरप्रमुख पडम बडुवालले नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई नियमित बिद्युत सेवा संचालनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नहुदा नियमित सुचारुका लागि सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएका हुन ।
बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था संचारकर्मि ,व्यापार व्यवसायी लगाएत सम्पुणर् लाई बिद्युत अनियमितताका कारण कुनै पनि काम गर्न असहज भएकाले तत्कानल उक्त समस्या समाधानकाको माग सहित नेपाल बिद्युत प्राविधिकरण सुदुर पश्चिम प्रदेश प्रादेशिक कार्यालय अतरिया कैलाली कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनु भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकका अनुसार जिल्लाको सदरमुकाममै बिद्युत नियमीत नहुदा सेवा ग्राहीहरु दैनिक ४ घण्टा भन्दा बढी लोडसेडिङको मार खेपेर अध्यारोमै बस्न बाध्य भएको कुरा अवगत गराउदै ध्यानाकर्षण पत्र बुझाएको बताइएको छ । सदरमुकाममा छिटो भन्दा छिटो बिद्धुत सेवा संचालन हुनुपर्ने लगायतका बिषयमा भेटेरै छलफल पनि भएको प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए ।