युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
345 पटक पढिएको

बडिमालिका भित्रका सबै बिद्यालय तीन तारे बन्दै, यी हुन् तीन तारेका लागि आवश्यक सूचक

बाजुरा –जिल्लाको बडिमालिका नगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरुलाई तीन तारे बनाईने भएको छ । नगरपालिका भित्रका सबै विद्यालयलाई तीन तारे बनाउने खानेपानी, स रसफाइ र स्वच्छताका सुविधाहरु स्तरोन्नति गर्ने काम भईरहेको युनिसेफ नेपालका प्रतिनिधी इन्जिनियर राजेन्द्र जैशीले जानकारी दिनुभएको छ । बडिमालिका नगरपालिका भित्र २५ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।

उहाँका अनुसार बडिमालिका नगरपालिकासँगको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा तीन तारे विद्यालय घोषणा गर्नको लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ ले निर्धारण गरेका दश सूचक पूरा गर्ने काम भईरहेको छ । खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता लगायतका १० ओटा सूचकहरु पूरा भएपछि विद्यालयलाई तीन तारे घोषणा गरिने बताइएको छ ।
बिद्यालयलाई तीन तारे घोषणाका लागि आवश्यक सबै सूचकहरु पूरा हुने क्रममा रहेकाले बडिमालिका नगरपालिकाका सबै बिद्यालयहरुलाई तीन तारे घोषणाको प्रक्रियामा अगाडि बढेको नगर उप प्रमुख कबिता बिष्टले बताउनु भएको छ । नगरपालिकामा रहेका सबै बिद्यालयमा सबै सूचक सहितका बिद्यालय भवन शौचालयहरु बन्दै गरेको र केही बिद्यालयमा सो काम पुरा भएकोले अबको केही दिनमा केही बिद्यालयहरु तीन तारे घोषणा गरिने उप प्रमुख बिष्टको भनाई रहेकाे छ  ।

तीन तारे विद्यालय घोषणाका लागि आवश्यक सुचकहरू

विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ ले कुनै पनि विद्यालयलाई तीन तारे घोषणा गर्नका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी निम्न सुविधा र मापदण्ड हुनुपर्ने व्यवस्था गरेको छ ।
सूचक १, पानी ः सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता (प्रति व्यक्ति दैनिक १२ लि.)
सूचक २, शौचालय ः सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालयको सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको ।
सूचक ३, वातावरणीय सरसफाइः सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गरिएको ।
सूचक ४, सफा र हरियाली वातावरणः विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगंैचा र करेसाबारीको विकास गरिएको ।
सूचक ५ ,स्वच्छता सुविधाःसमूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको ।
सूचक ६, स्वच्छता शिक्षाः स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको ।
सूचक ७, महिनावारी स्वच्छता व्यवस्थापन सुविधाः छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।
सूचक ८, संस्थागत व्यवस्था र दिगोपनाः नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।
सूचक ९, विपद जोखिम व्यवस्थापनः खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।
सूचक १०, अनुगमन तथा जवाफदेहिताः खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएको ।

बिद्यालयहरुमा उल्लेखित सूचकहरुको अवस्थाका बारेमा केही बिद्यालयको अनुगमन समेत गरिएको छ । उप प्रमुख कबिता बिष्टको संयोजकत्वमा रापकमा रहेको मस्टेश्वरी आधारभुत बिद्यालय र नेपाल राष्ट्रिय माबिको अनुगमन गरिएको छ । बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल नगरपालिकाका प्रशासन प्रमुख, वडाका जनप्रतिनिधी पत्रकार र युनिसेफका प्रतिनिधीहरुको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!