बाजुरा–नेपकपा एमाले जिल्ला कमिटी बाजुराको अधिवेशन सुरु भएको करिव चार दिन बितिसक्दा पनि नेतृत्व चयन हुन सकेको छैन । सहमतिका आधार नतृत्व चयन गर्छौ भनेर समय लम्याउने काम भैरहेको छ । अधिवेशनका लागि जिल्ला सडरमुकाम पुगेका एमाले कार्यकर्ताहरु बाजारमा एतातत्र छिरिएर रहेक छन । नेताहरू न्यानो कोठामा बसेर सहमति खोज्दै छन तर कार्यकर्ताहरू पौषको कठ्याङ्रीदो चिसोमा सडकामा छरिएर रहेका छन् । अधिवेशनका लागि भनेर आएका कार्यकर्ताहरुलाई कुनै व्यवस्थापन पनि नगरेको एक श्रोतले जनाएको छ ।
कार्यकर्ताहरु खान बस्नको व्यवस्थापन नभएपछि आफ्नो नजिकैको पढ्नका लागि कोठा लगेर बसेका विद्यार्थीहरुको कोठामा ४ दिने देखि बस्दै आएको र चार चार दिन सम्म एउटै कोठामा ८÷९ जना ब्यवस्थापन गरेर राख्न निकै असहज भएको मालिका मा. वि मा अध्यनरत एक विद्यार्थीले बताए । उनले भने आज चार दिन भैसकेको छ ।नबसालम भनेपनी आफ्नै ठाउँको मान्छेलाई कसरी भन्नु । अधिवेशनमा बोलाईसकेपछी नेताहरूले नै व्यवस्थापन गर्नुपर्ने हो । मेरो कोठामा ६ जना बस्न आउन्छन तिन जना हामी छदै थियौँ ६ जना थपिए पछी व्यवस्थापनमा असहन भएको उनको भनाई छ । ।
यो बिषयमा एमाले प्रचार प्रसार बिभाग प्रमुख अमर खड्कालाई सोध्दा सम्बन्धित पालिकाको जिम्मा पालिकालाई नै दिएको हुदा उक्त बिषयना एकिन कुनै जानकारी नभएको बताउनुभएको छ । एदि अधिवेशनमा आएका कार्यकर्ताका कारण समस्या भएको हो भने उनीहरुको तत्काल व्यवस्थापन गरि सहज बाताबरण सिर्जना गर्ने पनि बताए।
एमाले नेताहरूको एक अर्का बिच सहमति भने हुन सकेको छैन ।सहमतिको प्रयास जारी रहेको र सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भैरहेको एमाले जिल्ला कमिटी बाजुराको भनाइ छ तर सहमतिमा नेतृत्व चयन गर्न भने निकै सकस देखिएको छ । जिल्ला अध्यक्षका आकांक्षिहरु बिच सहमति हुने सम्भावना भने कम देखिएको छ । आकांक्षिहरु कोहि पनि एकले अर्कालाई समर्थन गर्ने पक्षमा रहेको खुल्ल आएको छ । सबैले आफुलाई समर्थन गर्नुपर्छ भन्ने अडान कायमै राखेको पाइएको छ ।यसकारण पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्युन रहेको छ ।अधिवेशन चुनावी प्रक्रियामा जान सक्ने लगभग पक्का पक्का पक्कि भइसकेको छ । चुनावमा जान्छ भन्ने कुरा एकिन अहिले नै भन्न सकिने अवस्था भने छैन । यसको बारेमा एकिन जानकारी आज दिउँसो १ बजे सम्म आउनेछ । नेतृत्व सर्वसम्मत चयन हुन्छ अथवा चुनावमा जान्छ भन्ने कुरा सबैको जिज्ञासाको बिषय बनेको छ ।