
बाजुरा—नेकपा एमालेको सातौँ जिल्ला अधिबेशनमा अध्यक्ष मंण्डलले प्रस्तावित नामावली सावैजनिक गरे पछि असन्तुस्ट नेताहरुले मनोनयन दर्ता गरेका छन । जसमा दसई जनाले अध्यक्षका लागि मनोनयन दर्ता गरेका छन । अध्यक्ष पदका लागि लागि अध्यक्ष मण्डलले प्रस्ताव गरेका कालीबहादुर शाही र एमाले नेता लालबहादुर ओलीले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन ।
पौष २३ गतेबाट उद्घाटन समारोह सम्पन्न भए पश्चात ५ दिन सम्म पनि नेतृत्व चयन हुन नसक्दा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशनको मनोनयन दर्ता सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला अधिबेशन पार्टीको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष नेताहरूको छलफल बाट सहमतिको खाका समेत सार्वजनिक भएको छ ।
सहमतिको खाकामा अध्यक्ष काली बहादुर शाही, उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव हरि रोकाया र जनक बोहोरालाइ अगाडि सारेको छ । एक नेताका अनुसार जिल्ला कमिटीका सबै पदमा सहमतिको खाका अगाडि ल्याएको त्यहि अनुसार उम्मेदवारी दिन लगाउने वताए । कसैले बागि उम्मेदवारी हालेमा चुनाव हुने सम्भावना रहेको छ । अहिले जिल्ला समन्वय समितिको कार्यलयमा मनोनयन दर्ता शुरू भइरहेको छ ।











