बाजुरा– बडीमालिका नगरपालिका–८ रापकास्थित मष्ठेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आरोह संस्थाले स्टेशनरी सामाग्री वितरण गरेको छ । बाजुरा जिल्लामा पहिलो पटक लागू भएको संस्था आरोहले मष्ठेश्वरी अधारभूत विद्यालयमा एक कक्षा देखि ५ कक्षासम्मका विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । विद्यालयमा कार्पेट, पीफम नहुँदा विद्यार्थीलाई बस्न समस्या भएको भन्दै ४ वटा कोठामा कार्पेट पनि सहयोग गरेको छ । संस्थाले उक्त विद्यालयका कक्ष–१ देखि कक्षा–५ सम्मका प्रत्येक बालबालिकालाई कापी, डट्पेन लगायतका शैक्षिक सामाग्री वितरण गरेको आरोह संस्थाका सहजकर्ता अर्जुन थापाले बताएका छन् ।
सो संस्थाले बिद्यालय मै पुगेर स्टेशनरी लगायतका सामाग्री विद्यालयमै पुगेर हस्तान्त्रण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको सामाग्री हस्तान्त्रण कार्यक्रममको प्रमुख अतिथि आरोह संस्थाका सहजकर्ता अर्जुन थापा रहनु भएको थियो । हस्तान्त्रण कार्यक्रममा अभिभावक लालसिंह रावल, रनी थापा, धर्म खड्का, कृष्ण थापा, भरत रावल, प्रकाश थापा लगायको सहभागिता रहेको संस्थाका सहजकर्ता थापा जनाएका छन ।











