बाजुरा- बिहिबार एन्टिजन बिधिबाट कोरोना परिक्षण गर्दा बाजुरामा पनि ३ जनामा कोरोना पुष्टी भएको छ । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको लहर देश भरी पनि फैलि रहेको बेला बाजुरामा पनि ३ जनामा कोरोना पुष्टि भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी नृप गीरीले दिए । जिल्लामा बिहिबार कोरोना पुष्टि भएका तिन जनाको नाम भने खुलाइएको छैन । यसरी कोरोनाको तेस्रो लहर छिमेकी मुलुक भारत हुँदै देशका बिभिन्न जिल्लाहरुमा पनि फैलिरहदा सबैलाई सजग रहन जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आग्रह गरेको छ ।











