बाजुरा–जिल्लामा गठित केपी वा स्पोर्ट्स क्लब बाजुराले लिपुलेख लिम्पुयाधुरा कालापानीमा भारतले सरकारले सडक बिस्तार गर्न लाग्दा नेपाल सरकार मौन बसेको भन्दै जिल्ला प्रशासन कर्यालय मार्फत प्रधानमन्त्रीको कर्यालायलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । नेपालको भुमिलाई भारतले अतिक्रमण गरेर सडक बिस्तार गर्न खोज्दा पनि सरकार मुख दर्शक बन्नु लज्जास्पद भएको र यसमा अनेरास्ववियु जिल्ला कमिटी बाजुरा र केपी बा स्पोर्ट्स क्लबको घोर आपत्ति रहेकोले तत्काल सडक बिस्तार कार्य रोक्न माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको केपी वा स्पोर्ट्स क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत पुस १५ गते नेपाली भुभाग लिपुलेकमा सडक बिस्तार घोषणा गरेको र नेपालको भुमिमा भारतीय हस्तक्षेप भैरहदा बर्तमान गठबन्धन सरकार मौन बसेको कुटनितिक पहलबाट भुमी फिर्ता गर्ने अठोट ओली सरकारको बहिगर्मनसंगै कुनै प्रक्रिया नवढाएको ज्ञापन पत्रमा भनिएको छ ।भूगोल र जनसंख्याका आधारमा सानो भएपनी राष्ट्रिय स्वाधीनता र सार्वभौम अधिकारमा कमजोर र निरही नभएको भारत अंग्रेजÞको गुलाम बन्दा स्वतन्त्र मुलुक थियो अहिले पनि छ । भारत सरकारले नेपालको भुमिमा खुलेआम सडक बिस्तार गर्दा पनि सरकार सरकार मौन बस्नु नेपाली नागरिकका लागि सैय बिषय नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसका साथै नेकपा एमालेले सडक बिस्तार तत्काल रोक्न माग गरेको तर सना गठबन्धन नेपाली काङ्ग्रेस नेकपा माओवादी लगायत अन्य दलहरू मौन बस्नु आफ्नो भुमि अरुले कब्जा गर्दा पनी सरकार चुईक्क समेत नबोल्नु ,सरकारी तर्फबाट कुनै पनि कुट्नितिक पहल नहुनु आपत्तिजनक भएको र भारत प्रतिको हुजुरीया प्रबित्ति भएको, सरकारले राष्ट्रघाती षड्यन्त्र गरेको आम नागरिकको बुझाई रहेको कुरा समेत बिज्ञप्तिमा उल्लेख छ । आफनै भुमी अरुले कब्जा गर्न खोज्दा पनि मौन बस्ने बिदेशी हस्तक्षेप वारे बोल्न नसक्ने सरकार आवस्यक नभएको र राष्ट्र बचाउन ,राष्ट्रियता जोगाउन , स्वाधीन र स्वतन्त्र राष्ट्रको परिचय दिन सक्ने,प्राधिन राष्ट्र बनाउने नभइ स्वाधीन मुलुकको परिचय दिन सक्ने सरकारको आवश्यकता रहेको कुरा पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । तत्काल भारितय हस्तक्षेप राेकी सडक बिस्ता कार्य राेक्न नसकेमा सरकार बिरुद्ध आन्दोलन समेत गर्ने चेतावनी समेत दिइएको छ ।