बाजुरा- बुढिगंगा नगरपालिका वडा नम्बर ३ को पशुपति मा . वि का २५ जना छात्रा लाई न्यानो कपडा सुइटर र मखलर वितरण गरिएको छ । समाजिक अभियान्ता तथा नेपाली कांग्रेसकी नेतृ रीता शाहि को पहलमा र नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याय र बुटवल निवासी इन्द्र खड्काको आर्थिक सहयोगमा उक्त सुइटर र मखलर बितरण गरिएको हो ।
सुइटर र मखलर बितरण एक ओैपचारिक कार्यक्रम बिच गरिएको अभियान्ता शाहीले जानकारी दिनुभएको छ । औपचारिक कार्यक्रमका बिच बितरण गरिएको सहयोग हस्तान्तरण कार्यक्रम पशुपति माविका प्राध्यापक दयाराम जोशिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि समाजिक अभियान्ता तथा नेपाली कांग्रेस कि नेतृ रीता शाही रहनु भएको थियो भने उक्त न्यानो लुगा वितरण कार्यक्रममा उक्त वडा नेपाली काङ्ग्रेसका वडा सभापति ,छत्र रौले बि बि स का पदाधिकारी ,शिक्षक र बिद्यार्थीको उपस्थिति रहेको थियो । बिद्यालयलाई स्विटर र मख्लर बितरण गरेको भन्दै बिद्यालय परिवारले सामाजिक अभियान्ता नेतृ शाहीलाइ र सहयोगी निकायलाई धन्यवाद समेत दिएका छन् ।