
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा जङ्गली भालुको आक्रमणमा परि एक महिला घाईते भएकी छन । घाईते हुनेमा साेही नगरपािलका वडा न ४ स्थित खाेडालवाडाकी ४८ बर्षिया नन्दा रावत रहेकी छन । रावत आज विहान घर नजिकै भालुले आक्रमण गरेर घाईते भएकी हुन ।
बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । उनका अनुसार भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताइएकाे छ । उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकीमा लगिएको उनले बताएका छन ।











