
राम बहादुर दानी– नेपाल कम्न्युष्ट पाटी जिल्ला कमिटी सदस्य तथा बडीमालिका नगरपालिका वडा नँ ९ का वडा अध्यक्ष बिनाेद कुमार बि क काे मृत्युले सिँगाे वाजुरा जिल्ला नै स्तब्ध भएकाे छ ।
लामाे समय सम्म बिरामी परेका बि क लाई काेराेना पुष्टि भएकाे थियाे । बाजुरा जिल्लामा अक्सिजन र भ्यान्टिलेटरकाे कमी भए पछि बि क लाई थप उपचारका लागि शनिवार डढेल्धुरा अस्पतालमा रिफर गरिएकाे थियाे ।
डढेल्धुरा लैजादै गर्दा अछामकाे साँफेबगरमा शनिवार नै अध्यक्ष बि क काे निधन भएकाे हाे । मृतक बि क काे सवलाई अाईतबार बिहान नेपाली सेनाले गृह जिल्ला बाजुरा मै सव ब्यबस्थापन गरेका छन ।
यसै क्रममा नेपाल कम्न्युष्ट पाटी जिल्ला कमिटी बाजुराले स्वर्गीय बि क काे निधन प्रति शाेक बक्तव्य जारी गरेकाे छ । अध्यक्ष बि क काे निधनले पाटीमा अपुरणिय क्षेति बेहाेर्नु परेकाे शाेक बक्तब्यमा भनिएकाे छ ।
जिल्लाका बिभिन्न सँगठनबाट अाफ्नाे जीवन सैलीकाे मार्ग चित्र अगाडि बढाएका बि क नेपाल पत्रकार महासँघ बाजुराका पुर्व सह-सचिव, जिल्ला बाल क्लवकाे अध्यक्ष, जिल्ला युवा क्ल्वकाे अध्यक्ष, दलित सँगठनकाे अगुवाई, नेपाल कम्न्युष्ट पाटी जिल्ला कमिटी जिल्ला सदस्य हुँदै २०७४ सालकाे स्थानिय चुनावमा बडीमालिका नगरपालिका वडा नम्बर ९ बाट जन निर्वाचित वडा अध्यक्षमा बिजयी हुनु हुन्थ्याे । सभ्य स्वभाव, सबैका मिलनसार स्व. बि क गीत सँगीतमा पनि उत्तिकै रुचि राख्दै एक वटा जनचेतनामुलक गीतमा समेत स्वराङ्कन गरेका थिए ।
यसरी हरेक विधा र समाज सेवामा सदैब कर्टिवद्द एक हाेनहार बाजुरेली राजनितिज्ञ गुमाउदा जिल्लाले ठुलाे क्षति ब्यहाेर्नु परेकाे छ नेपाल कम्न्युष्ट पाटी जिल्ला कमिटी बाजुराले पनि ठुलाे क्षेति बेहाेर्नु परेकाे छ । यस दुखद घडीमा दिबँगत अात्माकाे चिर शान्तिकाे कामना सहित शाेकाकुल परिवार जन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै नेपाल कम्न्युष्ट पाटी जिल्ला कमिटी बाजुराका अध्यक्ष गगन रावलद्वारा हस्ताक्षरित शाेक वक्तब्य जारी गरिएकाे छ ।
