
बाजुरा– एकिकृत समाजबादीको भातृसंगठन युवा संघ नेपाल बाजुराले एमसीसीका बिरुद्व बसदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा प्रदर्शन गरेका छन ।

पाँच दलिय गठबन्धनको सरकारले एमसिसि पास गर्न लागेकोले भारतिय बिस्तारबादले नेपालमा हैकम जमाउने संकेत रहेको बिबरोधकारीहरुको भनाई रहेको छ । बिकासको नाममा नेपाललाई घाँस हालेर नेपालको भुमिमा अमेरिकाले हैकम जमाउन खोजेकोले एमसिसि कुनै पनि हालतमा पास हुन नदिने कुरामा जोड दिने खालका ब्यानेर पम्पलेटहरु सहितको युवाको जथ्थाले बजार ¥याली सहित बिरोध गरेका थिए ।












