
बाजुरा– नेपालको परिवर्तनशिल जनक्रान्तिको २७ वर्ष पुरा गरेको अवसरमा नेकपा माओवादी केन्द्र बाजुराले पनि दिप प्रज्वलन गरी २७ औँ जनयुद्व दिवस मनाएको छ । २०५२ साल फाल्गुण १ गते जनयुद्वको पहिलो सहित दील बहादुर रम्टेललाई सरकार पक्षले गोली हानी साहदात प्राप्त गरे पछि सोहि दिनबाट जनयुद्वको घोषेणा भएको थियो । तत्कालिन सरकार पक्षले अवोध बालकलाई बिद्यालय प्राङ्गणमा गोली हानी हत्या गरे पछि रम्टेललाई जनयुद्वको पहिलो सहिद घोषण गर्दै जनयुद्वको घोषण गरेको थियो ।
२७ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र बाजुराले सदरमुकाम मार्तडीमा कोण सभा सहित नेपालको नक्सा रेखाङन गरी २७ वटा दिपप्रज्वलन गरेर मनाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँदले बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा मार्तडीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा प्रदेश कमिटी सदस्य महेश शाही प्रमुख अतिथि रहेका थिए ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा प्रदेश कमिटी सदस्य महेश शाहीले देशमा एमसिसी नामको परियोजनाले गर्दा देश संकटमा परेकोले माओवादी घटकहरु एकजुट हुन् आवश्यक रहेको बताएका थिए ।त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका अर्का प्रदेश कमिटी सदस्य मानबहादुर विकले माओवादी केन्द्रले गरेको जनयुद्धकै कारण देशमा आमुल परिवर्तन भएको दावी गरेका थिए ।
कार्यक्रमको संचालन माओवादी केन्द्रका कार्यालय सचिव गोरख सार्कीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र बाजुराका सचिवालय सदस्य चन्द्र थापा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँद, योङ कम्युनिष्ट लिगका केन्द्रिय सदस्य निर्मला विष्ट, माओवादी केन्द्र बडीमालिका नगर कमिटी सचिव प्रेमबहादुर विक लगायत नेता कार्यक्रर्ता सहभागि भएका थिए ।
महान जनयुद्ध दिवसकै अवसरमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिगले भोली विहान जिल्ला अस्पताल बाजुरामा रक्तदान कार्यक्रम गर्ने भएको छ ।











