
बाजुरा– महिला विकास मञ्चले व्यवसायिक जनप्रतिनिधि महिलाहरुलाई व्यवसायिक सीप बारे पुर्नताजकिय तालिम सञ्चालन गरेको छ । महिला विकास मञ्च र टेवा नेपालको साझेदारीमा सञ्चालित पेभ कार्यक्रम अन्र्तगत पुर्नताजकीय छलफल सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्र्तगत नै अनुदाग सहयोग गरेर उद्यमी बनाएका जनप्रतिनिधि महिलालाई व्यवसायीक योजना, व्यवसाय सञ्चालन पछिको अवस्था, पारिवारीक रुपमा प्राप्त लाभका विषयमा छलफल गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताएका छन् ।
होटल हिलटपमा आयोजना गरिएको कार्यक्रममा बडीमालिका र त्रिवेणी नगरपालिकाका १८ जना महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो । असिम श्रेष्ठले प्रशिक्षण गर्नु भएको कार्यक्रममा महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्ट, कार्यक्रम संयोजक कृष्णा दानी लगायत महिला विकास मञ्च बाजुरा कर्मचारीको सहभागिता रहेको थियो ।

पेभ कार्यक्रम अन्र्तगत नै व्यवसायिक जनप्रतिनिधि महिलालाई १ दिने व्यवसाय सम्वन्धि तालिम पनि दिइएको थियो । तालिम लिएका र संस्थागत रुपमा ३१ हजार ५ सय७५ रुपीयाँ अनुदान प्राप्त गरेका जनप्रतिनिधि महिलाहरुलाई नै व्यवसाय बारे छलफल गरिएको हो ।
तालिम र आर्थिक सहयोग पाएपछि जनप्रतिनिधि महिलाहरु खुसी भएका छन् । व्यवस्थित रुपमा व्यवसाय सञ्चालन नगरेका महिलाहरुले व्यसायिक तालिमसंगै आर्थिक सहयोग पाएपछि उनीहरु खुसी भएका हुन् ।
मञ्चले सिमान्तकृत समुदायका जनप्रतिनिधि महिलाहरुलाई छनोट गरी व्यवसायिक तालिमसंगै आर्थिक सहयोग पनि गरेको छ । उनीहरुले कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती, खुद्रा पसल सञ्चालन गरिरहेका छन् । व्यवसायीक रुपमा व्यवसाय सञ्चालन गर्न लागेपछि जनप्रतिनिधि महिलाहरु अहिले क्रृण झिकेर भएपनि व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्न लागेका छन् ।











