काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गर्नुपर्ने बताएका छन् । उनले वैदेशिक सहयोगले हस्ताक्षेप निम्त्याउन नहुने बताएका छन ।
विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा सहभागी भएका अध्यक्ष मितिल्सिनाले वैदेशिक सहयोगबारे मुलुकमा बहस भइरहेको कुरा उठाएका थिए । कुनै सहयोगको नाम नलिएका उनले मुलुकको हित हेर्नुपर्ने बताएका हुन् । विदेशी सरकार, विदेशी संघसंस्थाहरूबाट पाइने सहयोग भन्ने कुरामा यो धेरै पटक छलफल, बहस हुनेगर्छ । तर यसलाई हामीले एउटा चिजबाट रेगुलेट गर्ने, लिँदै लिँदैनौं भनेर त दुनियाँले जहाँ पनि लिनेदिने गरिराख्या हुन्छ ।
कहीं ग्रोथको रुपमा होला, कहीं अनुदानको रुपमा होला, उनले भने, ुहामीले विकसित, सम्पन्न राष्ट्र भन्नेले पनि लिने दिने गर्छ । त्यसकारण त्यस्तै हिसाबले मात्रै सोचेर लिनै हुन्न भन्नेतिर गएर बढी क्रान्तिकारी हुने नाममा आफैंलाई भोलि सीमाले बाँधिने पनि हुनुहुँदैन ।
राष्ट्रिय सभा अध्यक्षले वैदेशिक सहयोगबारे सचेत हुनुपर्ने बताएका छन् । उनले भने, ुअरुको त्यही बहानामा हामी माथिको हस्तक्षेप र अरु खालले हामीलाई उनीहरूले नै गाइड गरेर हाम्रा गोपनीयता पनि लाने, हामीलाई पुरै उनीहरूले चलाउने त हुनुहुँदैन ।ु
विदेशी सहयोग लिँदा प्रस्ट हुनुपर्ने उनको भनाइ थियो । ुविवादास्पद खालको सहयोग लिएर उसले त्यहाँको पदाधिकारी चलाइदियो, हो यो खालको शंकाले गर्दाखेरी यस्तो कुराको बारेमा अलि प्रस्ट हुनुपर्छ,ु उनले भने, ुसरकारले एउटा बजेटको सीमाभित्र तिनलाई पनि राख्यो, त्यहाँबाट लिन सक्नेछ भनेर त्यो भयो भने स्वाभाविक ढंगले नेपालको बजेटभित्र आउँछ ।
विभिन्न वैदेशिक संघसंस्थाबाट नेपालमा सरकारलाई थाहै नभई सहयोग आउने र त्यसबाट मुलुकको विकास नहुने गरेको तिमिल्सिनाको भनाइ थियो । ुआफूखुसी लिने र चल्ने गराउने प्रवृत्तिलाई रोक्नुपर्छ भन्ने हिसाबले यसलाई अलि टाइट गर्नुपर्छ,वैदेशिक सहयोग ल्याउने मामिलामा कडा खालका कानुन बनाउनुपर्ने उनको भनाइ थियो । समितिलाई पनि सरकारले ल्याउने कानुनमा ती व्यवस्था गर्नका लागि उनले सुझाव दिएका थिए ।











