बाजुरा– जिल्लाको साविक कैलासमाण्डौ गाबिस हालको त्रिवेणी नगरपालिका वडा नंं ८ कालापानीका एक अभियूक्त बिभत्न्स हत्या गरी फरार भए पश्चात १६ बर्ष पछि पक्राउ परेका छन । हाडनाता करणी गर्ने अभियूक्तले आफ्नै काका नाता लाग्ने नवराज गीरीको हत्या गरी फरार भएका थिए ।

यसरी हाड नाता करणीको आरोप लागे पछि उनका कान्छा बुवा नाता लाग्ने मृतक नवराज गीरीलाई पुकार खाँन पसल तिर जाँउ भनी फकाएर गहुँ बारीमा लिएर बिभत्स टाउकोमा प्राहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न ८ जनालाई बर्ष कैदका लागी सम्मानित जिल्ला अदालत बाजुराले मिति २०६८ साल माघ ४ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चतुर्भज ओजाले जनाएको छ । ८ जना अभियूक्त ले २० बर्ष पछि सफाई पाइ सकेका छन ।

विहिबार पत्रकार सम्मेलन गरी घटनाका मुख्य योजनाकार भरत गीरी मृतकलाई मारेको घटनास्थलबाटै फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराको पहलमा भारतिय इन्टरपोलसंगको समन्य तथा भारतिय प्रहरीको सहयोगमा अभियूक्तलाई १६ बर्ष पछि फरार पक्राउ गरेको हो । पक्राउ परेका भरत गीरीलाई सम्मानित सर्वोच्च अदालतले मिति २०७० साल भाद्र २१ गते जन्म कैदको अन्तिम फैसला गरेको थियो । घटनाका मुख्य अभियूक्त भरत गीरी २०७८ साल फाल्गुण १० गते भारतको उत्तराखण्डको अल्मोडाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएका थिए ।

अभियूक्त भरत गीरी लगायतका ९ जनाले योजनावद्व तरिकाले मिति २०६३ साल माघ ४ गते घटना घटाएका थिए । यसरी हत्या जस्तो जघन्य अपराध गरेर फरार भएका अभियूक्तले पटक पटक म घर आँउदै छु तेरो घर परिवार मिठो मसिनो खाएर बस्नु तिम्रो अन्तिम काल अँउदैछ तिम्रा लागि पेस्तोल तयार गरेर आउदैछु भनी मृतककी भाउजु तारा गीरीलाई भनेर धम्क्याउदै आएको पनि पीडित मृतककी भाउजु तारा गीरीले जिल्ला प्रहरी कार्यालय बाजुरामा भक्कानिदै दुखेसो पोखेकी छन । आफ्नो देवरको हत्या गर्ने मुख्य अभियूक्तलाई प्रहरीले पक्रन सक्दैन भनी आसा मारिसकेकी थिए १६ बर्ष पछि घटनाका मुख्य अभियूक्त भरत गीरीलाई आँखै अगाडी पक्राउ गरेर जन्म कैदको फैसला सुनाएकोमा आफुले न्याय पाएको अनुभुती गरेको पीडित भाउजु तारा गीरीले बताएकी छन ।

घटनाका अभियूक्त भरत गीरी १६ बर्ष सम्म भारतको उत्तराखण्डमा पर्ने अल्मोडा जारमा बिबाह गरी बसोबास गर्दै आएका थिए । अभियूक्त गीरीका ३ वटा सन्तान समेत रहेका छन । अभियूक्त गीरीको नेपालमा प्रमाणको तलास गर्दा कुनै पनि प्रशासनिक कागथज नभेटिएकोले आफुहरुलाई अनुसन्धान गरी भारतिय राशनकार्ड लिएर स्थायी बसोबास समेत गरीसकेकोले भारत सरकारसंग नेपाली अभियूक्त नागरिक हो भनी प्रमाणित गर्न निकै सकस परेको पनि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चतुर्भुज ओजाले जनाएका छन । बिहिबार आफु बाजुरा आएको १०० दिन पुरा भएको अवसरमा १०० दिन भित्र आफ्नो कार्य अवधिमा जिल्ला प्रहरी कार्यालय बाजुराले गरेका गतिविधिहरुको पत्रकारहरुसंग सार्वजनिकरण कार्यक्रमको आयोजना गरी १०० दिनको अवधिमा भएका घटनाहरुको वारेमा प्रष्ट पारेका थिए











