बाजुरा– बडीमालिका नगरपालिका वडा नम्बर ९ काे गणखेत भन्ने ठाँउमा ट्याक्टरले ठक्कर दिदा एक महिला गम्भीर घाईते भएकी छन । घाईते महिलाकाे बायाँ खुट्टाकाे घुडा मुनि काम नलाग्ने गरि चाेट लागेकाे छ । उनकाे टाउकाेमा समेत गम्भीर चाेट लागेकाे छ ।
घाईते महिला बडीमालिका नगरपालिका वडा नम्बर ८ कि अन्दाजी ३६ बर्षिया परु ऐडी रहेकी छन उनलाई जिल्ला अस्पताल बाजुरामा सामान्य टाका लगाएर जिल्लामा थप उपचार सम्भव नभए पछि धनगढी रिफर गर्नु पर्ने जिल्ला अस्पताल स्राेतले जनाएकाे छ ।
अछाम घर भएका ट्याक्टर धनी अछामकाे साँफेबगर घर भएकाे पाईएकाे छ । शु प प्र ०१००२ त ४३२८ नम्बरकाे ट्याक्टरले ठक्कर दिएकाे हाे । ट्याक्टर चालक फराहर रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । घाईते महिलाकाे अबस्था गम्भीर रहेकाे छ ।











