
बाजुरा– शुक्रबार नेपाली काँग्रेस केन्द्रीय सह–महामन्त्री बद्री प्रशाद पाण्डेले नेकपा एमाले संविधानलाई कुल्चन खोजेर लोकतन्त्र र संघीयताको सत्रु बनेकोे आरोप लगाउनु भएको छ ।

फाल्गेण २७ गते काँग्रेस बाजुराका भातृ संगठनहरुको संयुक्त भेला कार्यक्रममा सह महामन्त्री पाण्डेले यस्तो भन्नु भएको हो । आगामी आउने चुनावलाई सहज बनाउनका लागि सह–महामन्त्री बद्री प्रसाद पाण्डे लगाएतको टीम बाजुरा आइपुगेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन बाट सहमहामन्त्री बनेका पाण्डे सहमहामन्त्री बनि सकेपछि पहिलो पटक गृह जिल्ला बाजुरा आउनु भएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथिमा बोल्दै सह महामन्त्री पाण्डेले पार्टीका भातृ संगठनहरु पार्टीका मेरुदण्ड भएको बताउनु भएको छ । पार्टीका भातृ संगठनहरुले गर्दानै पार्टी बलियो हुने उहाँले बताउनु भएको हो ।











