
बाजुराः नेपाली काँग्रेस केन्द्रीय महाधिबशनबाट निवार्चित सहमहामन्त्री बद्री पाण्डेलाई नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बधाई तथा स्वागत गरेको छ । १४ औँ महाधिबेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भए पश्चात पाण्डे पहिलो पटक गृह जिल्ला बाजुरामा आउनु भएको हो ।
नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराका अध्यक्ष प्रेम बहादुर रौलेको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । पत्रकार सम्मेलनमा प्रमुख अतिथी नेपाली कााग्रेसका कन्द्रीय सहमहामन्त्री बद्री पाण्डे रहनु भएको थियो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावल रहनु भएको थियो भने नेपाली काँग्रेसका प्रदेश क र प्रदेश ख का कार्यसमिति पदाधिकारीहरु तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बडीमालिका नगरपालिकाको तालिम हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले हचुवाका भरमा संघ प्रदेश र स्थानिय तह चलाएको र दुई तिहाईको तत्कालिन केपी ओली सरकारले देशलाई ठुलो दुर्घटनामा लिन खोजेको बताउनु भयो । संसद बिघठन गरी नेपाली राजनितिलाई ठुलो दुर्घटनामा धकेलेको पनि बताएका छन । केपी वलीले कामको वहानामा बखान गरेको पनि पत्रकार सम्मेलनमा आरोप लगाएका छन ।

देशको अनुहार बदल्न र देशलाई रुपान्तरण गर्न नेपाली काँग्रेस टोल तह सम्म कार्यकर्ताहरुलाई घर दैलोमा जाँने उनले बताएका छन । नेपाली काँग्रेसले बहुमत ल्याएर जित्नु मात्र रणनिति नभई सभ्य समाज निर्माण गर्न अगुवाई गर्ने गरी बिबेकशिल नेतृत्वलाई निर्वाचित गर्न समेत बताउनु भएको छ ।











