
बाजुरा– नेपाली काँग्रेस सह–महामन्त्री बद्धी प्रसाद पाण्डे र पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन बहादुर सिंहलाई बाजागाजा सहित सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको छ ।

सह–महामन्त्री पाण्डे र केन्द्रिय सदस्य सिंह सदरमुकाम मार्तडीमा पुगेपछि बाजागाजा सहित भव्य स्वागत गरिएको हो । नेपाली काँग्रेसको केन्द्रिय निर्णय अनुशार बाजुराका लागि केन्द्रिय प्रतिनिधी पठाएका सिंहलाई फुलमाल र अविर सहित बाजागाजाले भव्य स्वागत गरिएको हो । त्यस्तै पुर्वपार्टी सभापती कविराज पण्डित, काँग्रेस प्रदेश समिती सदस्य धनराज पण्डित, पदम बहादुर शाही, राधिका सिंह लगाएतका नेताहरुलाई समेत स्वागत गरिएको छ ।

आइतबार अर्थात फागुन २९ गते चुनावी सभालाई सदरमुकाम मार्तडीबाट प्रारम्भ गरिने भएको हो । घर घर जाँउ काँग्रेस जिताउँ अभियान सहित जिल्लाका शिर्ष स्थानमा रहेका नेताह? सरमुकाम मार्तडीमा आइपुगेका छन ।











