बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिका १ मा सँचालनमा आएको नवीन आयल स्टोरको शुक्रबार उद्घाटन गरिएको छ ।
पुर्वि उत्तरि क्षेत्रको भारतिकौसाडीमा रहेको नेपाल आयल निगमको अधिकृत विक्रेता भई सँचालनमा आएको उक्त आयल स्टमेरको नेपाली काँग्रेस जिल्ला कार्य समितिका निवर्तमान सभापति कविराज पण्डितले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
करिव ३ हजार लिटर तेलबाट शुरुवात गरि नवीन आयल स्टोरको स्थापना भएको नवीन आयल स्टोरका सँचालक नवीन शाहिले जानकारी दिएका छन ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता कविराज पण्डित, नेता पदम शाही, नेता सरोज शाही लगायतको उपस्थिति रहेको थियो ।











