
बाजुरा– लोकतान्त्रिक गणतन्त्र पछिको नयाँ नेपालको सँरचनाले पाँच बर्षमै मुहार फेरेको छ । स्थानिय निर्वाचन २०७४ पछि गाँउगाँउमा सडक बिस्तार समेत भैसकेको छ । सँघियता पछिको नयाँ नेपालले निकैनै मुहार फेरेको छ । जिल्लाको दुर्गममा रहेका साविकका दुईवटा गाविसहरु मानाकोटर दहकोटलाई समायोजन गरि गौमुल गाँउपालिकाको नामाकरण भएको थियो । गौमुल गाँउपालिकाबाट २०७४ सालको स्थानियनिर्वाचनबाट विजयी हरी बहादुर रोकायाले अन्य पालिकाहरु भन्दा विकासमा निकै मुहार फेरेको छ । घट्मुनामा पालिका भवन रही साविकका दुवै गाविसहरुलाई सेवा सहजता भएको छ । गाँउगाँउमा बिजुली, पानी र सडक पुर्याउने कामलाई पनि तिव्रता दिएको पाईएको छ । गौमुल गाँउपालिकामा सबै बिकासेकामले त तिव्रता पाएको नै छ त्यसैमा जिल्लाका अन्य पालिकाहरु भन्तदा पनि पालिका भवन उत्कृषठ सजावट र ठुलो सँरचनामा निर्माण भएको छ । चार तले गाँउपालिकामा करोडौ वजेट विनियोजन भएर गाउपालिकाको नयाँ कार्यालय निर्माण भैसकेको छ । सँघ प्रदेश सँग समन्वय गरि गाँउपालिकाको भवन निर्माण कार्य समणभव भएकोगाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाको भनाई रहेको छ । सदरमुकाम मार्तडीबाट दुरीमा नजिकै रहेता पनि यो गाँउपालिका भौगोलिक दृष्टिकोणले निकैनै दुर्गम रहेको छ । पालिककाका दुरगम अम्लिस, दुगुन, अन्द्राडी जस्ता गाँउमा पनि गाँउपालिका अध्यक्षको पहलमा कादुरी सँस्थासँगको सहकार्यमा विजुली र पुलहरु निर्माण गरी जनताहरुलाई बिकासको अनुभूति दिलाएको पाईएको छ











