
बाजुरा– स्थानिय निर्बाचन २०७९ का लागि नेपाल सरकारले म्यादी प्रहरीको दरखास्त धमाधम लिइ रहेको छ । देश भरी एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन गरेको भए पनि करिव ३ लाख सम्म दरखास्त पुग्न सक्ने अनुमान गरिएको छ । बेरोजगारका कारण अधिकृत देखी डिग्री सम्मका प्रमाणहरु सिरानीमा राखेका युवाहरु म्यादी प्रहरीका लागि धमाधम दरखास्त दिइ रहेका छन ।
चैत्र ६ गते देखि १२ गते सम्मका लागि म्यादी प्रहरीमा भर्ना गर्ने मिति तय भए पछि बाजुरा जिल्लामा पनि दरखास्त दिनेहरुको बिहान १० बजे देखी बेलुका ५ बजे सम्म ताँती लाग्ने गरेको छ । म्यादी प्रहरीका लागि साधारण लेखपढ गरेका र १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेको उमेर मापदण्ड राखे पछि सबै उमेर समुहका ब्यक्तीहरुको दरखास्त दिन लाइन देखिएको छ । प्राय आठ पासहरु मन्त्री तथा नेतृत्व पंक्तीमा तिनै साधारण लेखपढ गरेका नेतृत्वहरुलाई पदमा लिन सहज शान्तिपुर्ण र धाादलि रहित निर्वाचन सफल पार्न डिग्री पढेका युवाहरुले म्यादी प्रहरीमा भर्ना हुनु पर्ने बिडम्वना रहेको छ ।
बाजुरा जिल्लामा पहिलो दिन १०० जनाले दरखास्त दिएका थिए भने दोस्रो दिन अर्थात चैत्र ७ गते २२८ जनाको दरखास्त परेको थियो । दरखास्त खोलेको तेस्रो दिन चैत्र ८ गते बेलुकी ५ बजे सम्म ६३८ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लामा जम्मा ६८८ जना म्यादी प्रहरीका लागि सिट रहेको पनि जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।











