काठमाडौँ— स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार बन्न भन्दा पहिले नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचार संहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ । आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारअसंहिताको उक्त प्रावधान विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आजको कान्तिपुर दैनिकबाट ।