बाजुराः जिल्लाको बुढिगंगा नगरपालिका स्थित टाटे स्वास्थ्य चौकीमा यहि चैत्र ११, १२ र १३ गते निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजना र महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको सहयोगमा यही शुक्रबार देखि आइतबार सम्म निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा हाडजोर्नि तथा नसा, स्त्रीरोग, इएनटी, छाला, बाल रोगलगायत विशेषज्ञ डाक्टरले सेवा दिने आयोजकले जनाएको छ । साथै निःशुल्क अल्ट्रासाउन्ड सेवा, औषधि वितरण, एक्सरे र ईसिजि सेवा उपलब्ध गराइने नेविसंघ बाजुरा (काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिनु भएको छ ।











