
बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा बिगत ३ बर्ष देखि दर्ता प्रक्रिया भई संचालनमा आएको बडीमालिका सामुदायिक सबिकास समाज नामक संस्थाको शुक्रबार एक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । मार्तडीको होटेल हिहलटपमा अन्तरक्रिया कार्यक्रम संगै कार्यालय स्थाापना भएको जानकारी दिइएको हो । सेवामुलक उक्त संस्थाले ग्रामिण क्षेत्रमा काम गर्ने पनि वताएको छ ।

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकको ्रमुख आथित्यतामा सम्पन्न भएको अन्तरक्रिया तथा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल रेटक्रस बाजुराका मन्त्री रम बहादुर शाही लगायतको उपस्थिति रहेको थियो । करिव १२ शय सदस्यहरु जोडिएको उक्त संस्थाको स्थापनामा साहस नेपाल को ठुलो सहयोग गरहेको साहस नेपाल समहिला साखाकी जनदेवि बोगटीले जनाएकी छन । संस्थाले लाभााम्बितहरुलाई दुइ दिने तालिम सम्पन्न गरी साहस नेपालका कर्मचारी लगायतको उपस्थितिमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बिशु नाथले संचालन गरेको कार्यक्रममा बिभिन्न संचार मिडियाका पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहहरुले सुद्व समााज सेवामा काम गर्ने लक्ष बोकेको यस संस्थालाई अन्य गैर सहकारी संस्थाको पनि पहल रहने बताएका छन । संस्थाकी सदस्य बिशु नाथले यसरी जिल्लाको समुदाायमा प्रत्यक्ष काम गर्न स्थापना भएको यस संस्थाको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधीहरुको उपस्थिरिहनुमा नैरस्यता भएको दुखेसो पोखेकी छन् ।











