बाजुरा– जिल्लाको दक्षिणी भेगमा पर्ने बुढिगङ्गा नगरपालिकामाको टाटे स्वास्थ्य चौकीमा ३ दिने स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ । चैत्र ११ गते बाट १३ गते सम्म निशुल्क स्वास्थ्य शिबिर सन्चालन भएको छ । शुक्रबार एक कार्यक्रमका साथ महान्यायत्रिबक्ता खम्म खातीद्वारा उक्त तिन दिने स्वास्थ्य शिविरको उद्घाटन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको आयोजना र महान्यायाधिवक्ताको कार्यलय रामशाह पथको आर्थिक सहयोगमा उक्त शिबिर सन्चालन गर्न लागिएको हो । शिबिरमा दुई हजार भन्दा बढीले सेवा लिन सक्ने अनुमान समेत गरिएको आयोजक नेपाल ए.पि.एफ. अस्पताल बलम्बुले जनाएको छ ।
शिबिरमा हाड जोर्नि तथा नसा रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ आखारोग सम्बन्धी सेवा दिइने पनि अस्पताल स्रोतले जनाएको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ छाला रोग विशेषज्ञ बालरोग विशेषज्ञ निस् शुल्क अल्ट्रासाउन्ड सेवा निस्शुल्क औषधी वितरण गरिने भएको छ । शिविरमा नि–शुल्क एक्स–रे सेवा निस्शल्क इ.सि.जि सेवा लगायतका सेवाहरु दिने भएको छ । महान्यायाधिवक्ता नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएर खातीले स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको हो ।











