
धनगढी-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा केहीबेर अघि भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको ना ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेको हो।
सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले दिएकाे जानकारी अनुसार घाइतेहरुलाई लालबन्दीको मोडेल र गढीमाई अस्पताल पुर्याइएको बताइएकाे छ । तर चार जनालाई चिकित्सकले मृत घोषणा गरेको गम्भीर घाइतेलाई अन्य अस्पतालमा रेफर गरिएको र बस चालकसमेत घाइते भएको दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए ।
श्राेत दिनेश खबर











