बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ९ मा प्रधामन्त्री रोजगार छनोटमा जनप्रनिधीको मिलोमतामा जनप्रतिनिधीहरुका आसेपासेलाई मात्र छनोट गरेको भन्दै स्थानियहरुले गुनासो पोखेका छन । बर्षेनी प्रधानमन्त्री स्वरोजगारमा आफुहरुलाई सौतेनी व्यवहार गरिएको उनिहरुको गुनासो रहेको छ ।
प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको र जनप्रतिनिधीका आसेपासे तथा आफन्तहरुलाई रोजगारमा छनोट गरिएको सोही वडाका स्थानिय लाल बहादुर विकले बताए । हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम आउन्छ तर ९ नम्मर वडामा राजनितिक पुर्वागही र जनप्रतिनधीका आसेपासेलाई मात्र छनोट गर्ने गरेको स्थानिय विकको भनाई छ ।
बडिमालिका नगरपालिका वडा नम्मर ९ मा पहिलो लिष्टमा १ सय ३३ जना आफ्नै आसेपासे र राजनितिक पुर्वागृही तरिकाले प्रधानमन्त्री रोजगारमा नाम छनोट गरिएको थियो । वडा कार्यालयले १ सय ३३ जना आफु निकटका मात्र नाम बाहिर प्रकाशित गरेपछी स्थानियहरुले विरुद्ध जनाई वडा कार्यालयमा ताला समेत लगाएका थिए । फेरी सहमतीका आधारमा वडाको ताला खोलियो ।

सबै स्थानिय टोलहरुलाई मिलाएर रोजगारमा छनोट गर्ने वडा अध्यक्ष सहित वडा सदस्यहरुले प्रतिवद्धता गरे । तर त्यो कार्यन्वयन नभएको पाइएको छ । पछिल्लो रोजगार छनोट लिष्टमा पनी जनप्रनिधीका आसेपासे र राजनितिक पुर्वागृही तरिकाले नाम लिष्ट प्रकाशित गरिएको स्थानिय बशन्त चदाराले बताए । उनले भने मलाई वडा कार्यालयको सेवा सुविधामा कहिले नसमेटेको बताउन्छन् । प्रधानमन्त्री रोजगारमा आफुलाई अघिल्लो बर्षमा पनी छनोट नगरेको यो बर्ष पनी छनोट नगरी आफ्नै आसेपासेलाई छनोट गरेको उनको गुनासो छ । कार्यबाहक वडा अध्यक्ष लाल बहादुर नेपालीका आफन्त कलमती सनाई , खड्क नेपाली लगाएतका व्यक्ती छनोट गरिएको स्थानिय लाल बहादुर विकले किनारा न्युजलाई जानकारी दिए ।
त्यसै गरी वडा सदस्य सुना विकका आफन्त राम बहादुर विक, विनोद विश्वकर्मा, कलक विश्वकर्मा, अर्का वडा सदस्य तुला बिष्टको आफन्त जंग बहादुर बिष्ट,डवले विष्ट लगाएत १४ जनालाई छनोट गरिएको स्थानिय विकले भनाई छ । बेरोजगार युवाहरुलाई छनोट गर्दा वडाका जनप्रतिनिधिहरुले आफ्नो हैकमबादीका रुपमा छनोट गरेको उनले भने । लाल बहादुर विक भन्नुहुन्छ आफुलाई पहिलो लिष्टमा आफ्नो नाम आएको थियो, तर पछिल्लो लिष्टमा आफ्नो नामलाई काटेको दुखेसो गरेका छन् । जनप्रतिनिधीका आसेपासेका नाम पहिलो लिष्टमा थिए र पछिल्लो लिष्टमा पनी आए त्यसकारण आफुलाई सौतेनी व्यवहार गरेको उनको दुखेसो छ । उक्त वडा सधै विवादित बन्दै आएको छ ।
यो विषयमा वडा नं. ९ का कार्यबाहक वडा अध्यक्ष लाल बहादुर नेपालीलाई सोध्दा अघिल्लो बर्षमा रोजगार पाएका केही स्थानियहरुले पाएको बताएका छन । अति गरिव परिवारहरुलाई मात्र दोहो¥याएको तर कसैलाई पनि बिभेद नगरेको बताएका छन । यता वडा नं. ९ का स्थानिय बसन्त चदाराले भने नाताबाद र क्रिपावाद गरेर प्रधानमन्त्री स्वरोजगारमा छनौट गरेो आरोप लगाएका छन ।











