
बाजुराः जिल्लाको सदरमुकाममा मार्तडीमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मंगलबारबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ ।
बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् । ६ सय ६७ जनाको कोटामा बाजुरामा १६ सय ४७ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीको छनोट आज विहानबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले डीएसपी चतुर्भुज ओझाले जनाएको छ ।











