बाजुराः स्थानिय निर्वाचन २०७९ का लागि जगन्नाथ गाँउपालिकाको वडा नं. ६ मा मतदान राख्नु पर्ने सो वडाका स्थानिय तथा जन प्रतिनिधीहरुले गरेको निर्णय जिल्ला निर्वाचन कार्यालयले उल्ट्याएको बताइएको छ । बिगतका निर्वाचनमा वडा नं. ६ मा मतदान केन्द्र नहुदा अशक्त बुढापाखाहरुलाई मतदान गर्न असहज भएको भन्दै गाँउका जनप्रतिनिधी र स्थानियहरुको सर्वदलिय बैठक बसी वडा नं. ६ को खिरा रुख प्रा.वि.मा मतदान केन्द्र राख्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला निर्वाचन कार्यालयमा पठाइ सकेको बताइएको छ ।
सो गाँउमा बिगत लामो समय देखी वडा नं. ५ र वडा नं. ६ को मतदान केन्द्र वडा नं. ५ मै रहेको हुदा अहिले वडा नं. ६ मा मतदान केन्द्र राख्नु पर्ने माग सहित वडा न. ६ का पाँच वटै जन प्रतिनिधीहरु बसी सर्वदलिय बैठकले निर्णय गरी जिल्लामा पठाएको नेपाली काँग्रेस प्रदेश क्षेत्र (ख) का सदस्य तिलक बहादुर विष्टले जनाएका छन । सो निर्णय जिल्ला निर्वाचन कार्यालयमा पठाउदा पनि पुनः वडा नं. ५ मा नै दुबै वडाको संयूक्त मतदान केन्द्र रहने गरी परिपत्र आएको पाइएको उनले बताएका छन । प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला स्तर अधिकारीहरुको सर्वदलिय बैठक बसी वडा नं. ६ को खिरा रुख प्रा.वि.मै मतदान केन्द्र राख्ने गरी निर्णय भएको तर जनन्नाथ गाँउपालिको वडा नं. ५ को देवलकोट मा.वि. मा नै मतदान केन्द्र (क) र (ख) भनी परिपत्र आएकोले आफुहरुलाई सो मतदान केन्द्रमा जाँन टाढा भएकोले स्वतन्त्र मददान गर्न पाँउने अधिकारबाट बुढापाखा र अशक्तहरु वञ्चित हुने बिष्टले बताएका छन ।
वडा नं. ६ का स्थानियहरुले स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा जति सक्दो चाँडो वडा नं. ६ को खिरा रुखमै मतदान केन्द्र राख्नु पर्ने पुनः प्रत्यक वडामा मतदान केन्द्र हुनु पर्ने वडा नंं ६ का जनप्रतिनिधी तथा स्थानियहरुको माग रहेको छ । यसरी मतदान केन्द्र पुरानै ठाँउमा दुबै वडाको कायम गर्नुमा नेकपा एमालेका उच्च स्तरका नेताहरुको खेलबाट पुरानै कायम गर्न लगाएको नेपाली काँग्रेस प्रदेश क्षेत्र (क) सदस्य तिलक बहादुर विष्टले जानकारी दिनु भएकको छ ।
त्यस क्षेत्रका स्थानियहरुको माग अअनुसार नेपाल सरकारले तोके बमाोजिम एक वडामा एक मततदान केन्द्र हुनु पर्ने भएको हुदा पतदान गर्न बुढापाखालाई बोकेर मतदान केन्द्र लिनु पर्ने समस्या आउने हुँदा पुनः वडा नंं ६ को खिरारुख प्रा.वि.मा नै हुनु पर्ने माग रहेको छ । एउटा वटा मतदान केन्द्र कायम गर्नका लागि करिव ५ शय सम्म मतदाता चाहिने नेपााल सरकारको नियममा उल्लेख भएको छ भने हाल वडा नंं ५ मा कुल ११ शय २५ रहेको छ । जसमा वडा नंं ५ को जनसंख्या ३ हजार भन्दा माथी रहेको छ । यस विषयमा जगन्नाथ गाँउपालिका वडा नं. ५ र वडा नं. ५ का जनप्रतिनिधी, सरोकारवाला नियकाय र स्थानियहरुको सर्वदलिय बैठक बसी गरेको निर्णयको अपहेलना गरी पुरानै ठाँउमा मतदान कायम गरेकोमा आपत्ति जनाएकका छन ।
यता यो विषण्यमा प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेललाई सोध्दा मतदान केन्द्र राख्ने हटाउने जिम्मा निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई अधिकार भएकोले यो बिषयमा आफुले केन्द्रीय कार्यालयलाई सोधेर जवाफ दिने बताउनु भएको छ ।