मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुने छ । प्रतिस्पर्धीहरूले हार खाने छन् भने काममा मिहिनेतको फल प्राप्त हुने छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्ने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुने छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुने छ । सेवामूलक कामबाट प्रतिष्ठा पाइने छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखद समाचारले दिन उत्साहपूर्ण रहने छ । बोलीको भरमा चिताएको काम सम्पादन हुने छ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिने छ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउने छ । सानो प्रयत्नले फाइदा बढ्ने छ । व्यापारमा पनि प्रशस्त लाभ हुने छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । दाम र नाम कमाउने समय छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्ने छन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउने छ । विभिन्न अवसरले पछ्याउने छन् । आफन्तसँग रमाइलो भेटघाट हुने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुने छ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिका लागि खर्चको जोहो गर्नु पर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने छ । व्यवसायमा लगानी बढाउनु पर्ला । उधारोमा व्यापार हुन सक्छ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने छन् । अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटले काम बन्ने छ भने आम्दानीले उत्साह जगाउने छ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हात लागी हुने छ । व्यापारमा राम्रै फड्को मार्न सकिने छ । सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुने छ । मिहिनेतले लक्ष्यमा पुर्याउने छ । विभिन्न स्रोत–साधन जुट्ने छन् । थन्किएका वस्तुको उपयोग हुने छ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसरले पछ्याउने छन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने छ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुने छ । भौतिक साधन संग्रह हुने छन । तारिफयोग्य कामले धेरैको मन जित्न सकिने छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा जुट्न समस्या पर्ने छ । कमजोरीले चिन्ता बढाउने छ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइने छ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिने छ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिने छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्ने छ । यात्रा अलि कष्टपूर्ण हुने छ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिने छन् । काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुने छ । अप्ठ्यारो स्थितिमा समेत केही काम बन्ने छन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न अवसरले पछ्याउने छन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने छ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुने छ । भौतिक साधन संग्रह हुने छन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिने छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहने छ । प्रतिस्पर्धामा विजय प्राप्त हुने छ भने द्वेष तथा ईष्या गर्नेहरूले हार खाने छन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । चुनौती चिर्दै काम बनाउन सकिने छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुने छन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुने छ । महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउने छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउने छ । समयको मागअनुसार चल्ने प्रयास गर्नु होला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुने छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । काम रोकिनाले पारिवारिक असमझदारी देखापर्ने सम्भावना छ ।











