काठमाण्डौ– निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता आज मध्य रातबाट लागू गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचार संहिता यस अघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । स्थानिय तह निर्वाचनको समयमा बजेट बिनियोजन, भुक्तानी, कर्मचारी सरुवा, बडुवा र राजसिनितिक नियूक्ती लगायतका कामहरु नर्गे गरी आचार संहिता लागु गर्ने भएको हो ।
निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।
निर्वाचन आयोगका अनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ । ‘आज आयोगको बैठक बस्छ र निर्णय गर्छ । आजै शुक्रबार ५ बजे आयोगले पत्रकार सम्मेलन गर्दैछ । सोही पत्रकार सम्मेलनमा आचारसंहिता लागू भएको घोषणा हुँदैछ ।’