
बाजुराः जागरण मिडिया सेन्टरको आयोजनामा बैसाख १ गते सिमान्तकृत बर्गका ब्यक्तिहरुलाइ स्थानिय निर्वाचनमा कसरी सहभागिता गराउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वरल्र्ड कभर मिडिया, जागरणमिडिया सेन्टर काठमाण्डौ र नेपाल पत्रकार महासंघ जिल्ला सखा बाजुराको आयोजनामा भएको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थिायो ।
अन्तरक्रिया कार्यक्रममा स्थानिय तहको निर्वाचनमा न्युन बर्ग र सिमान्तकृत बर्गमा मतदाताहरुलाई सहभागी गराउन संचार माद्यामले के कसरी सुचना प्रबाह गरी छेवा पुर्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजिकरण जागरण मिडियाका प्रतिनिधीहरुले गर्नु भएको थियो
नयाँ बर्ष २०६९ सालको अवसरमा शुभकामना आदानप्रदान सगै उक्त मनयक्रमको आयोजना गरिएको हो । स्थानिय तह निर्वाचन स्वच्छ र धादलिरहित वातावरणमा सम्पन्न पार्न संचार मिडियाको बिशेष भुमिका रहने भएकोले सम्पुृर्ण सञ्चार जगतले यसमा ठुलो भुमिका निर्वाह गर्नु पर्ने अन्तरक्रियाका प्रशिक्षकहरुको आग्रह रहेको थियो । अन्तरक्रिया कार्यक्रम डि एण्ड डि होटेलको तालिम हलमा सम्पन्न भएको हो ।











