युनिकोड    राशिफल    एफएम रेडियाे                        
234 पटक पढिएको

 

काठमाडौँ– आसन्न बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले आफ्नो प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिएका छन् । आफ्ना सबल पक्षका बारेमा जानकारी समेटिएका सामग्री बनाएर सामाजिक सञ्जालमा राख्ने प्रतिस्पर्धामा दलहरू छन् । अप्रत्यक्ष रूपमा प्रचारप्रसारमा सहयोग पुगोस भनेर सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरिएको काँग्रेसले जनाएको छ ।

नेकपा एमालेले पनि सबै सामाजिक सञ्जालको प्रयोग गर्ने नीति लिएको छ । नेकपा माओवादी केन्द्र लगायतका अरु दलले पनि सामाजिक सञ्जालमार्फत प्रचारका लागि व्यवस्था मिलाएका छन् । निर्वाचन आयोगले भने सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

आयोगले जारी गरेको आचारसंहिता अनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्नगराउन पाइँदैन । निर्वाचनमा प्रभाव पार्ने उद्धेश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट चलाउन नपाइने, होच्याउने, अपमान गर्ने, भ्रामक टिकाटिप्पणी गर्न गराउन नपाइने, कुनै प्रयोजनका लागि प्रकाशसन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्धेश्यले तोडमोड गरी सामाजिक सञ्लमा शेयर वा कमेन्ट गर्न नपाउने पनि आचारसंहितामा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगको अनुगमन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो । आचारसंहिताको पालनामा ध्यान दिन पनि उहाँले दलहरुलाई अनुरोध गर्नुभयो । व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नपाइने पनि आचारसंहितामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!