युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
282 पटक पढिएको

धनगढी: सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । पछिल्लो चार दिनमा भाइरसका कारण मृत्यु हुनेको संख्याले पनि यो कुरालाई प्रमाणित गरिदिएको छ। शनिवार १५, आइतबार १८ जनाको मृत्यु हुँदा सोमबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मंगलबार मात्र मृतकको संख्या ह्वात्तै बढेर ३१ पुगेको हो । मृतकको संख्या चौथो दिनमै झण्डै दोब्बरले बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ। प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मंगलबार मात्र ३१ जना कोरोना संक्रमितको मृत्यु भयो। प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावका कारण मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको अनुमान गरिएको छ। प्रदेशमा कोरोना भाइरसको रोकथाप, नियन्त्रण तथा उपचारका लागि प्रभावकारी काम नभएकाले अवस्था अझै भयानक हुने अनुमान गरिएको छ। प्रदेशमा मंगलबारसम्म मात्र २ सय ५६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न श्यया, भेन्टिलेटर र आईसीयूको संख्या वृद्धि नगरे मृत्यकको संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।
संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले गम्भिर रुपमा नलिए मृत्यकको संख्या अझै वृद्धि हुने बताउदै स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भने “सीमा क्षेत्रमा होल्डीङ सेन्टर चेकजाँचमा लापरवाही गरिँदा यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ।” कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरुले अनुमान गरेका हुन्े ।
प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि श्ययाको अभाव छ। प्रदेशका निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएका बेला प्रदेश सरकारको तयारी समेत फितलो देखिएको हो। कोरोना संक्रमितका लागि आवश्यक श्यया बिस्तार, अक्सिजन सिलिण्डर खरिद, आईसीयू र भेन्टिलेटर जडान लगाएका काममा प्रदेश सरकारले बेवास्ता गरेको हो। प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएकाले गाउँगाउँमा संक्रमितको त्रास फैलिएको पूर्व महानिर्देशक पाठकले बताए ।

कतिपय संक्रमितले रोग पहिचान गर्न नसक्दा अस्पताल नजादै ज्यान गुमाउदैछन्। अधिकांस फोक्सोमा जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने गरेका छन्। फोक्सोमा जटिल समस्या देखिएका संक्रमितका लागि अक्सिजन अनिवार्य हुने र प्रदेशमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नु पर्ने बाध्यता आएको अधिकारीहरुको गुनासो छ। सेती प्रादेशिक अस्पतालमा समेत आईसीयूको क्षमता समेत प्रयाप्त नभएकाले समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका आईसीयू इञ्चार्ज डक्टर कपिल गौतमले बताए ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिएका छन्। संक्रमितले अस्पतालका श्यया भरिएकाले नयाँ संक्रमितले पालो पर्खिनुपर्ने अवस्था छ। सेती प्रादेशिक अस्पतालमा आईसीयू कुर्दाकुर्दै कतिपय संक्रमितले अकालमै ज्यान गुमाउदैछन् ।

अक्सिजन अभावका कारण यो समस्या विकराल बन्दै गएको उनले बताए। सेती प्रादेशिक अस्पतालको प्रङ्गरमा समेत कोरोना संक्रमिलाई उपचार गरिदैछ। होम आइसोलेसनमा बसेकाहरुले समेत अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्ने अवस्था सुदूरपश्चिममा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!