
बाजुराः स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गतेको समय नजिकिादै जाँदा निर्वाचन कार्यालय बाजुराले सर्ब पक्षिय बैठक बसालेको छ । जिल्लाका राजनितिक दल, सुरक्षा निकायका प्रमुख, पत्रकार र नौ वटै स्थानिय तहमा खटिने निर्वाचन अधिकृत सहितको सर्ब दलिय बैठक बसेको हो । निर्वाचनलाई मर्यादित र भयरित वातावरण हुन नदिन सबै पक्षले लाग्नु पर्ने निर्वाचनकार्यालय बाजुराले अनुरोध गरेको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालयमा दर्ता भएका राजनीतिक दलहरूसँग आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्बन्धमा मुख्य जिल्ला निर्वाचन अधिकृत, ९ वटै पालिकाका निर्वाचन अधिकृत र राजनितीक दलका प्रमुख र पत्रकारहरु संग सामुहिक छलफल गरेको हो ।
छलफलका क्रममा आयोगले निर्वाचन तयारीको सम्बन्धमा गरेका कामहरू राजनीतिक दलका प्रतिनिधिहरूलाई सुनाएको र निर्वाचन आचारसंहिता लगायतको विषयमा छलफल गरिएको हो । राजनीतिक दलहरूले आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत माधवप्रशाद घिमिरेले बताएका छन् ।
हामी सबै राजनीतिक दल आचारसंहिता पालना गर्न प्रतिवद्ध छौँ । र यसमा निष्पक्ष, स्वतन्त्र, स्वच्छ निर्वाचन गराउने सन्दर्भमा राजनितिक दलका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचार संहिता छलफल कार्यक्रममा मुख्य जिल्ला निर्वाचन अधिकृत माधव प्रशाद घिमिरे,प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल,९वटै पालिकाका निर्वाचन अधिकृत, नेपाली काँग्रेस बाजुराका पाटी सभापती रामसिंह रावल,नेकपा एमाले बाजुराका प्रचार प्रसार बिभाग प्रमुख कासी विक,आमोवादी केन्द्र बाजुराका सचिव रमेश विक, नेकपा एकिकृत समाजवादी (एस) बाजुराका सदस्य मान बहादुर कार्की , डिएस्पी चर्तुभुज ओझा,ससत्र प्रहरी बलका डिएस्पी दिपक विष्ट र पत्रकारहरुको सहभागिता रहेको थियो ।











