
बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित क्रेटर जोन एकेडेमीले बिद्यार्थी भर्ना अभियाँन सुरु गरेको छ । बिगत लामो समय देखि जिल्लामा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको सो बिद्यालयले बिद्यालयको नतिजा प्रकाशन पश्चात बिद्यार्थी भर्ना अभियाँन सूरु गरेको हो ।
कक्षा नर्सरी देखी कक्षा ९ सम्म बिभिन्न बिधामा बिद्यार्थी भर्नाका लागि आजबाट अभियाँन सूरु गरेको छ । बिद्यालयले आज एक कार्यक्रमका साथ प्रत्यक्ष समुदायसंग नजिक रहेको मार्तडी बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा बिभिन्न जनचेतना मुलक साँस्कृतिक कार्यक्रमहरु गरेर बिद्यार्थी भर्ना अभियाँन सम्पन्न गरेको हो ।
सम्पुर्ण बिद्यालय परिवारहरुको सहभागितामा गुणस्तरिय शिक्षा आजको आवश्यकता सबै नानी बाबुहरुलाई बिद्यालयमा भर्ना गरौँ जस्ता कुराहरुलाई जो दिदै सो कार्यक्रम गरेको बिद्यालयका सूचना अधिकारी दील बहादुर कार्कीले बताएका छन ।

बिद्यालयले यस भन्दा पहिला पनि बिभिन्न शैक्षिक कार्यक्रमहरु समुदायका बिच गर्दै आएको छ । बिद्यार्थी भर्ना कार्यक्रम पनि बेग्लै तरिकाले सूरु गरेको हो । शैक्षिक सत्र २०७९ का लागि क्रेटर जोन एकेडेमीले बैसाख १ गते बाटै बिद्यार्थी भर्ना सूरु गरेको बिदालयका प्रिन्सीपल मिन बहादुर कार्कीले बताएका छन ।
आफ्ना नानी बाबुहरुलाई बिद्यालयमा भर्ना गरी बाबुहरुको भबिश्य निर्माण गर्न सचेत अभिभावकको हातमा भएकोले आजका ककाचो माटोका डल्ला हरुलाई भोलीको राष्टको डाक्टर पाइलट र इञ्जिनियर बनाउन समयमा नै सबै सचेत नागरिकहरुले सोच्नु पर्ने भएकोले आफ्ना नानीहरुलाई बिद्यालयमा भर्ना गर्न बिद्यालयले आवाहन गरेको छ ।











