बाजुरा– नेपाल सरकारले स्थानीय निर्वाचनका लागी लागू गरेको आचारसंहिता प्रति नेपाली काँग्रेस बाजुरा पुर्ण रुपमा वफादारीका साथ प्रचार प्रसार सामागी हटाउने अभियाँनमा रहेको छ । यसै क्रममा नेपाली काँग्रेस बाजुराका जिल्ला सभापति रामसिंह रावल आफै चुनावी प्रचार प्रसारका सामाग्रीहरु हटाउन अग्रसर भएका छन । सदरमुकाम मार्तडीका बिभिन्न चोक तथा सर्वजनिक स्थलमा टाँसिएका प्रचार प्रसारका सामाग्रीहरु सभापति रावल आफैले हटाएका हुन ।

निर्वाचन आयोगले लागु गरेको आचारसंहिताको पुर्ण पालना गर्दै नेपाली काँग्रेसले आफ्ना प्रचार प्रसारका सामाग्रीहरु हटाएको हो । नेपाली काङ्ग्रेस बाजुराका सभापति रामसिंह रावलले आचार संहिता बिपरित लगाईएका झण्डा आफै निकाल्नलेका छन । नेपाल सरकारले सार्वजनिक स्थानमा झण्डा, ब्यानर र टिसर्ट जस्ता बस्तुहरु नलगाउन , तथा मदिराजन्य बस्तुहरुको सेवन गरी तडक भडक नगर्न अनुरोध गरे पछि मंगल बार नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल चुनावी प्रचार प्रसार सम्बन्धी सामाग्रीहरु हटाउन अग्रसर देखिएका थिए ।












