बाजुराः निर्वाचन आयोगले चैत्र १५ गते रातीबाट लागु हुने गरी आचार संहिता लागु गरेको थियो । यसै क्रममा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उममेद्वार डबल दानी सहितको चुनावी प्रचार प्रसार टोलीले १८ बर्ष मुनीका बालबालिकाहरुलाई प्रयोग गर्दै प्रचार प्रसार सामाग्रीहरु बोक्न लगाएको दृष्यहरु सामाजिक सञ्जालमा आइ रहेका छन । बडीमालिका नगरपालिका वडा नं. १ मा मंगलबार चुनावी प्रचार प्रसारमा सो वडाबाट नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वारी दिएका डबल बहादुर दानीले यस्ता बालबालिकाहरु प्रचार प्रसारमा खटिएका फोटाहरु चुनावी प्रचार प्रसार भनी सार्वजनिक गरेको पाइएको छ ।

फोटाको क्याप्सनमा प्रस्ट निजले लेख्नु भएको छ बडीमालिका नगरपालिका वडा नम्बर १ मा आजको चुनावी प्रचारप्रसारका फोटा हालेको । तर निर्वाचन आचार संहितामा १८ बर्ष भन्दा मुनीका बालबालिकाहरुलाई कुनै पनि राजनितिक दल वा उम्मेद्वारले प्रयोग नगर्न र प्रचार प्रसारका सामाग्रीहरु ओसार पसार नगर्न भनी उल्लेख गरेको छ । निर्वाचन अवधी सम्म राजनितिक दल तथा उममेद्वारहरुले आचारसंहिता विपरित काम गरे गराएको खण्डमा कानुनी कार्वाही हुने उल्लेख गरेको छ । तर बाजुरा जिल्लाका राजनितिक दल र उममेद्वारहरुले चुनाी प्रचार प्रसारमा १८ बर्ष नपुगेका बालबालिकाहरुलाई प्रयोग गरेको छ ।

आचार संहिता भित्र के गर्न हुने के गर्न नहुने भन्ने बिषयको गहन अध्यायन उम्मेद्वार र राजनितिक दलहरुले नगरेको पाइएको छ । निर्बाचन आयोगले आचारसंहिता भित्र उल्लेख गरेका बुँदा अनुसार चुनावको आचारसंहिता लागु भए पश्चात कुनै पनि राजनितिक दलहरुले बालबालिकालाई चुनावी प्रचार प्रसारमा प्रयोग गर्न नपाईने, बालबालिकाहरुलाई चुनाव प्रचारप्रसार सम्बन्धी सामाग्रीहरु वसार पसार गर्न नपाईने, राजनितिक नियुक्ती गर्न नपाईने, सार्वजनिक स्थलमा प्रचार प्रसारका सामाग्रीहरु टाँस्न नपाइने, कुनै पनि बजेट बिनियोजन तथा निकासा गर्न नपाईने जस्ता कुराहरु उल्लेख गरेको छ ।

तर बाजुरा जिल्लाका राजनितिक दल तथा उम्मेद्वारहरुले खुलियाम चुनाव प्रचार प्रसारमा १८ बर्ष मुनीका बालबालिकाहरुलाई प्रयोग गरेको पाइएको छ । यसरी वालबालिकाहरुलाई प्रचार प्रसारमा प्रयोग हुनुले वालबालिकाको मानसिक तथा शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । नेपाल सरकार निर्वाचन आयोगले १८ बर्ष पुरा भएका ब्यक्तीहरुलाई मतदाता परिचय पत्र र नागरिकता प्रदान गर्ने भनी भनियता पनि बाजुरा जिल्लाका केहीउम्मेद्वार तथा राजनितिक दलहरुले यसको उलंघन गरेको पाइएको छ । यसरी निर्वाचन आयोगकले निर्धाण गरेका आचारंहिताका बुदाहरुलाई मिचेर निर्वाचन प्रणलीलाई उममेद्वारहरुले नै धमिलो बनाउनु आचार संहिता बिपरित र निर्वाचन आयोगको निर्देशन नमानेको पाइएको छ ।












